रसुवा, २३ साउन । गएराति रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेसीमा गएको पहिरोले ११ घर पुरिएका छन् भने  ४ जना वेपत्ता भएका छन् । पहिरोमा परेका ४ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । घाइेते मध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

pahirपहिरोमा वेपत्ता हुनेमा ७५ वर्षीय धर्मबहादुर थापामगर, उनकी ३५ वर्षीया बुहारी मुना थापामगर, ४ वर्षीया नाति सविन थापामगर र धर्मबहादरको घरमा काम गर्ने ७८ वर्षीय भक्तबहादुर नगरकोटी रहेका छन् ।

पहिरोमा वेपत्ताको खोजी र उद्धार कार्य भइरहेको रसुवाका प्रमुख जिल्ला अधिकारी चोमिन्द्र न्यौपानेले जानकारी दिएका छन् । पहिरो अविरल वर्षातका कारण गएराति ११ बजेतिर आएको थियो ।