इन्द्रेणी संवाददाता
दाङ, २३ साउन । आज सोमबार राति खण्डग्रास अर्थात चन्द्रग्रहण लाग्दैछ । राति ११ बजेर ७ मिनेटदेखि ग्रहणले स्पर्श गर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।

chandra granसमितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमका अनुसार राति १२ बजेर ६ मिनेटमा ग्रहणको मध्यकाल हुनेछ भने १ बजेर ४ मिनेटमा मोक्षकाल अर्थात ग्रहण सकिने छ । ग्रहण १ घण्टा ५७ मिनेट लाग्नेछ । यो नेपालबाट पनि देखिनेछ ।

कसरी लाग्छ चन्द्रग्रहण
सुर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा चन्द्र ग्रहण लाग्छ । जब चन्द्रमा पृथ्वीको छायाबाट ढाकिन्छ त्यतिबेला ग्रहण लाग्छ । सर्य र चन्द्रमाको बीच पृथ्वी यसरी आउँछ कि पृथ्वीको छायाले चन्द्रमाको सबै वा आंशिक भाग ढाक्छ ।

चन्द्रमा पृथ्वीको छायामा प्रवेश गर्दा आंशिक चन्द्र ग्रहण देखिन्छ । जब यो छायाको मध्यमा आउँछ अनि पूर्ण ग्रहण हुन्छ । चन्द्र ग्रहण पूर्णिममा मात्र लाग्छ ।