काठमाडौं, २३ साउन । दाङसहित तराईका २० जिल्लामा आज सोमबार श्रावण शुक्ल पूर्णिमा रक्षाबन्धन पर्वका लागि सरकारले सार्वजनिक विदा दिएको छ ।
तर सोमबार चन्द्रग्रहण लाग्ने हुँदा प्राय क्षेत्रमा नाग पञ्चमीकै दिन रक्षाबन्धन मनाइएको थियो । सरकारले आज झापा, सुनसरी, सप्तरी, सिरहा, मोरङ, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, वारा, पर्सा, नवलपरासी, रुपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, दाङ, कञ्चनपुर र उदयपुरमा सार्वजनिक विदा दिएको हो ।











