इन्द्रेणी संवाददाता
चितवन, २२ साउन । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख र उपप्रमुखले भरतपुरलाई स्माट सिटीको रुपमा विकास गर्ने बताएका छन् ।

renuप्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छन् । उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिइन् ।

देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने दाहालले प्रतिवद्धता जनाइन् । ‘देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु’, दाहालले भनिन्, ‘पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।’

यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने प्रतिक्रिया दिइन् ।