चितवन , २१ साउन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेणु दाहालले मत अन्तर बढाउँदै बिजयी नजिक पुगेकी छिन । पछिल्लो मतपरिणाम अनुसार रेणुले १५६ मतले एमालेका मेयरका उम्मेदवार देवी ज्ञवालीलाई लिड गरेकी छन् । २० नम्बर वडाको ३ हजार मत मध्ये २ हजार ४ सय १ मत गणना गर्दा ४१ मत बदर भएको छ भने अब गणना हुन करिब ५०० मत मात्र छ ।
