डोटी, २१ साउन । डोटीमा जीप दुर्घटना हुँदा ९ को ज्यान गएको छ । डोटीकाे बोगटान गाउँपालिका ६ गगुडाधारमा गएराति जीप दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन् । दिपायलबाट यात्रु लिएर बोगटान क्षेत्रका लागि हिँडेको शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप गएराती १० बजे दुर्घटना भएको हो ।
दुर्घटनामा परी सिमचौरका ५५ वर्षीय भीम घर्तिमगर, ५० वर्षीय बुढो घर्ती मगर, ३५ वर्षीय विष्णुबहादुर मगर, र ४५ वर्षीय गोरख थापा मगरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै ४८ वर्षीय शशीराम पुनमगर, ४५ वर्षीय ललीता देवी पुन, ४० वर्षीय टेकबहादुर पुनमगर, ३० वर्षीय चन्द्रबहादुर घर्तीमगर र शिखर नगरपालिका–१ कपल्केकी २८ वर्षीय चालक विष्णु नेगीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, डोटीका प्रहरी निरीक्षक राजेन्द्रबहादुर सिंहले जानकारी दिएको अनलाइन खबरमा खबर छ ।
