इन्द्रेणी संवाददाता
दाङ, २१ साउन । आजदेखि घोराही बजार शनिवार पनि खुल्ने भएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघले आउदै गरेका तीन, दशै, तिहार, छटलगायतका पर्वलाई मध्यनजर गर्दै शनिवार पनि बजार खोल्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष हेमराज वञ्जाडेका अनुसार कार्तिक महिनामा पर्ने छट पर्वसम्म शनिवार पनि बजार खुल्ला रहेनेछ । यसले सेवाग्राहीहरुलाई शनिवार पनि दैनिक उपभोग्य समान किनमेल गर्न सहज हुने अध्यक्ष वञ्जाडेले बताए । तुलसीपुर उद्योग वाणिज्य संघले गएको शनिवार देखिनै तुलसीपुर बजार शनिवारका लागि खुल्ला गरिसकेको छ ।
