डोटी, २१ साउन । दिपायलबाट बोगटान गाउँपालिकाको चबराचौताराका लागि छुटेको जीप दुर्घटना हुँदा मनौ जनाको ज्यान गएको छ ।

indd

फोटो  :रातोपाटीबाट

दुर्घटनामा ज्यान गुमाउनेमा चालक डोटीको शिखर नगरपालिकाका एकका कृष्ण नेगी, बोगटान गाउँपालिका–१ सिमचौरका ३५ वर्षका विष्णुबहादुर मगर, ५० वर्षका बुढो घर्ती मगर, ४५ वर्षका गोरखबहादुर थापा मगर, ४५ वर्षकी ललितादेवी पुन मगर तथा ४८ वर्षका शशिराम पुन मगर रहेको प्रहरीले जनाएको छ ।

यस्तै सिमचौरकै ४० वर्षका टेकबहादुर पुन मगर, ३० वर्षका चन्द्रबहादुर घर्ती मगर र ५५ वर्षका भीमबहादुर घर्ती मगरको पनि ज्यान गएको छ । शुक्रबार राति साढे १० बजे बोगटान गाउँपालिका–६ गगुडामा शैलेश्वरी यातायातको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा नौजनाको मृत्यु भएको थियो भने तीनजना गम्भीर घाइते भएका छन् ।

घाइतेमध्ये चारजना सामान्य घाइते भएको क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख डिआइजी रोमेन्द्र देउजाले जानकारी दिए । जीप कच्ची सडकबाट करिब साढे चार सय मिटर तल खसेको थियो ।