बुटवल, २० साउन । रुपन्देहीको मणिग्राममा गोली एक व्यापारीलाई लक्षित गर्दै गोली चलेको छ । स्थानीय व्यवसायीलाई लक्षित गरेर गोली चलाइएको भए पनि कसैलार्इ नलागेको प्रहरीले जनाएको छ ।
तिलोत्तमा नगरपालिका ६ स्थित सिरिषा मार्वलका दुर्गालाल भडारीलाई लक्षित गरी गोली चलाइएको प्रहरीले जनाएको छ । गोली चले लगतै प्रहरी परिचालन गरिएको र सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायव उपरिक्षक बेलबहादुर पाण्डेले बताए ।