भुपेन्द्र वली
दाङ , १९ साउन । जिल्लाको पहाडी क्षेत्रमा रहेको बंगलाचुली गाँउपालिकामा जडिबुटी उत्पादनको प्रशस्त सम्भावना देखिएको छ । साबिकका सैघा , स्युजा , काभ्रे लगायतका गाबिसमा जडिबुटी उत्पादन राम्रो सम्भावना देखिएको हो । ३ स्थानमा गरी करिब ४८ हजार हेक्टर जमिनमा जमिनमा जडिबुटी पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने जिल्ला वन कार्यालयका प्रमुख सुर्यकान्त सिग्देलले बताए । ‘ बाँझो जमिनका रुपमा रहेका ४८ हजार क्षेत्रफल जमिनमा जडिबुटी उत्पादन गर्न सकिने सम्भावना छ । ’ उनले भने ‘ जमिनलाई जडिबुटी उत्पादनका लागि सदुपयोग गर्न सकियो भने स्थानीय रुपमा नै ठुलो संख्या लाई रोजगारी प्राप्त हुन सक्छ । नेपाल जडिबुटी व्यवसायी संघ दाङका अध्यक्ष सन्तोष सोनीले हाल स्थानीयले व्यक्तिगत रmपमा सानो मात्रामा जडिबुटी उत्पादन गर्दै आएको जानकारी दिए । ‘ यद्यपी व्यक्तिगत रुपमा स—सानो मात्रामा गरिएको उत्पादनले स्थानीयको जनजीवनमा उल्लेखय सुधार आउन सकेको छैन । संस्थागत रुपमा नै यसलाई ‘मास ’ प्रोडक्सनका रुपमा विकास गर्न आवश्यक छ । यसो गर्न सकियो भने सो स्थानको आयआर्जनमा कायापलट हुन सक्छ ’ उनले भने । जडिबुटी उत्पादनको अवस्था बारे बुधबार जिल्लाका विभिन्न निकायले अवलोकन समेत गरेका छन ।
९ लाख लगानीमा ग्रिन हाउस स्थापना
जडिबुटी उत्पादनको राम्रो सम्भावना देखिएपछि हाल बंगलाचुली गाँउपालिका ४ जुम्लेपानीमा नौ लाख लगानीमा ग्रिन हाउस स्थापना गरिएको छ । जिआईजेड , नेपाल जडिबुटी व्यवसायी संघ को सहयोगमा उक्त हाउसका स्थापना गरिएको हो । ग्रिन हाउसमा खास गरी टिम्बुर , दालचिनी लगायतका बिरुवा उत्पादन गरिनेछ । वार्षीक ५० हजार बिरुवा उत्पादन गर्ने लक्ष्य सहित ग्रिन हाउसको स्थापना गरिएको स्थानीय लाल बहादुर गिरीले जानकारी दिए । ‘ ग्रिन हाउसमा मात्रै करिब १० जनाले रोजगारी पाएका छन भने वार्षीक ३ लाख सम्मको आम्दानी गर्ने लक्ष्य राखेका छौं । ’ उनले भने ‘ यो शुरुवाती अपेक्षा मात्र हो भविष्यमा यसलाई अझै सुधार गर्दै लगिनेछ । ’
विभिन्न निकायद्धारा अवलोकन
जडिबुटी उत्पादनको अवस्था बारे बुझन जिल्लामा क्रियाशील विभिन्न निकायका प्रतिनिधिले शुक्रवार ग्रिन हाउसको अनुगमन गरेका छन । यस्तै सोही अवसरमा अनुगमनकर्ताहरुले टिम्बुरका बिरुवा समेत रोपेका थिए । अनुगमनमा जिल्ला वन कार्यालयका प्रमुख सुर्यकान्त सिग्देल , नेपाल जडिबुटी व्यवसायी संघका अध्यक्ष मुहम्मद अन्सारी र महासचिव टंक प्रसाद शर्मा , जिआईजेडका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । सोही अवसरमा आयोजीत कार्यक्रममा संघका अध्यक्ष अन्सारीले जडिबुटी उत्पादन गरे बजारको समस्या नरहेको बताए । ‘ भारत , बंगलादेश , भुटान , जर्मनी , अमेरीका सम्म पनि नेपालको जडिबुटीको माग छ । उनले भने ‘ मुख्य कुरा उत्पादनलाई सँस्थागत रुपमा विकास गरी मास प्रोडक्सन निकासीको परिणामलाई वृद्धि गर्नु आवश्यक छ । ’
![](https://www.indrenionline.com/wp-content/uploads/2021/06/sarswati-garment-copy1.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/9.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/13.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/14.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/12.jpg)
![](https://www.indrenionline.com/wp-content/uploads/2024/10/11.jpg)