घोराही, १६ साउन । आदीवासी जनजाती महासंघ दाङले जिल्लाका सम्पुर्ण स्थानीय तहमा जातीय संगठन विस्तार गर्न आग्रह गरेको छ । आदीवासी जनजाती महासंघ केन्द्रीय समितिको निर्देशन अनुसार जिल्लाका सम्पुर्ण तह तथा वडास्तरमा जातीय संगठन विस्तार गर्न आग्रह गरिएको हो ।
नेपाल आदीवासी जनजाती महासंघ दाङका अध्यक्ष ओम गुरुङले आज सोमबार विज्ञप्ती जारी जिल्लामा रहेका थारु, मगर, नेवार, गुरुङ, छन्त्याल, कुसुण्डालगायतका जातीय संगठन विस्तारका गर्न आग्रह गर्नुभएको छ । केन्द्रीय समितिले सबै तह र वडामा संगठन विस्तार गर्न निर्देशन दिएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
आदीवासी जनजाती महासंघ गठन तथा अन्य कामका लागि जातीय संगठन आवश्यक पर्ने भन्दै तत्काल आदीवासी जनजातीको बाहुल्य रहेको स्थान विशेष समिति विस्तार गर्न अध्यक्ष गुरुङले आग्रह गर्नुभएको छ ।
