इन्द्रेणी संवाददाता
दाङ, १४ साउन । महिलाहरुको महान पर्व हरितालिका तीजलाई मध्यनजर गर्दै आजदेखि दाङको तुलसीपुर बजार शनिवार पनि खुल्ला रहने भएको छ ।
तुलसीपुर उद्योग वाणिज्य संघको शुक्रवार सम्पन्न बैठकले तीज, दशै, तिहार र छट पर्वलाई मध्यनजर गर्दै यी पर्वको समयसम्म शनिवार पनि बजार खोल्ने निर्णय गरेको हो ।
संघको यो निर्णयले चाड पर्वका वेला सर्वसाधारणहरुलाई आवश्यक दैनिक उपभोग्य समान किनमेल गर्न सहज हुने संघका अध्यक्ष विरबहादुर रावतले जानकारी दिए ।