सुनसरी, १३ साउन । लुटपाटमा संलग्न रहेको आरोपमा पाकिस्तानी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । व्यटीपार्लर व्यसाय गर्दै आएकी रिना खवासको घरमा लुटपाट गरेको आरोपमा प्रहरीले इटहरीबाट शुक्रबार पाकिस्तानी महिलालाई पक्राउ गरेको हो ।

pakrauयसरी पक्राउ पर्नेमा पाकिस्तानको लाहोर घर भएकी २५ वर्षकी नाइला खालिदा छिन् । बिहीबार फेसियल गर्न भन्दै इटहरीस्थित रसियन ब्युटिपार्लरमा नाइला पुगेकी थिइन् । त्यस क्रममा ब्युटिपार्लरमा काम गर्ने रिना खवाससँग चिनजान भयो । रिनालाई साथी बनाएकी खालिदाले खवासको घरमा सुन तथा पैसा लुटेर हिँडेकी थिइन् ।

आफू अस्वस्थ्य रहेको भन्दै घर लैजान आग्रह गरेको कारण लगेको र राति ११ बजे चिया खाने भन्दै लट्याउने औषधि खुवाएर भागेको खवासले इलाका प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । नाइलाले ३ वटा सामसुङ कम्पनीको मोबाइल, २ तोला सुन, २३ तोला चाँदी र ६ हजार नगद लिएर भागेको खवासले बताए । नाइला १५ दिनको भिजिट भिसामा नेपाल आएकी हुन् ।