काठमाडौं, १३ साउन। राष्ट्रिय प्रजातन्त्र पार्टीले पदाधिकारी बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागि नहुने घोषणा गरेको छ । देउवा नेतृत्वको सरकारमा सहभागिताको अध्याय समाप्त भएको पनि राप्रपाले घोषणा गरेको हो ।

hqdefaultराप्रपाले उपप्रधानमन्त्रीसहित ५ मन्त्री मागेको प्रधानमन्त्री देउवाले उपप्रधानमन्त्री बाहेक चार मन्त्रालय मात्र दिने बताएपछि यसअघि सरकारमा सहभागि नभएको हो । बुधबार मन्त्रिपरिषद् विस्तार लगत्तै राप्रपाले सरकारमा सहभागिताबारे वार्ता गर्न बनाएको समिति भंग गरेको थियो ।