काठमाडौं, ९ साउन । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने भएको छ । स्थानीय चुनावको समीक्षा गर्न बसेको बैठकको अन्तिम दिन शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई मुख्य एजेण्डा बनाउने प्रस्तावलाई बैठकले अनुमोदन गरेको प्रवक्ता पम्फा भुषालले जानकारी दिनुभयो ।
स्थिरता, विकास र राष्ट्रिय एकताका लागि प्रत्यक्ष निर्वातिन कार्यकारी प्रमुखको पद्धत्ति नै उपयुक्त हुने प्रचण्डले दाबी गर्नुभएको छ । बैठकले स्थानीय तह चुनावमा अन्तरघात भएका कारणले पनि सोचेजस्तो नतिजा नआएको भन्दै त्यसबारमा छानविन गर्न हरेक प्रदेशमा तीन–तीन सदस्यीय समिति गठन गर्ने निर्णय भएको छ ।