संजय कुशवाहा
नवलपरासी ७ , साउन । नवलपरासीको गुठी सुर्यपुरा स्थित गण्डक जल विधुत केन्द्रमा स्थानियद्वारा कार्यालय घेराऊ गरी विधुत महसुल कक्षमा ताला बन्दी गरिएको छ ।
प्रतापपुर गाउँपालिका साबिक वडा नं.८ पिपरपातीमा करिब १५ दिन देखी ट्रन्सफर्मर जलेर विधुत आपुर्तीमा समस्या आएपछि बिधुत संचालन गर्नका लागी प्रधिकरणले त्यस ठाउँमा ५० के.बी.को ट्रस्फर्मर जडान गरिएको थियो विधुत खपत बढी भएको हुदाँ करिब ३ दिन देखी फेरी ट्रास्फर्मर समस्या आएपछि बिधुत आपुर्ती पुर्ण रुपले ठप्प भएको हो ।
स्थानियहरुले गाउँमा १०० के. बी.को ट्रस्फर्मर जडान गर्नका लागी करिब ६ महिना अगाडी प्राधिकरणमा उजुरी समेत गरेको हुँदा पनि प्राधिकरणले वेवास्ता गरेको स्थानिय युवराज मौर्याले बताए । त्यहाँको बिधुत आपुर्ती पुर्णरुपले ठप्प भएपछि स्थानियहरुले आक्रोशीत भएका छन ।
