तुलसीपुर, ६ असार । नेकपा एमाले तुलसीपुरले उपमहानगरपालिकाको चुनावी समिक्षा गरेको छ । पाटीले संगठन परिचालनलाई व्यवस्थित गर्न नसक्दा आशातित नतिजा ल्याउन नसकेको नेताहरुले वताएका थिए ।

UML-flagउनीहरुले पाटीलाई एकढिक्का वनाएर अगाडि वढाउनु आवश्यकता भएको भन्दै विगतलाई भुलेर भविष्यको चिन्ता गर्नुपर्ने कुरामा जोड दिएका थिए ।

नगर इन्चार्ज देवराज विश्वकर्माको अध्यक्षतामा भएको कार्यक्रममा १९ वटै वडामा वडाध्यक्षका उम्मेदवारहरुले चुनावी समिक्षा गरेका थिए । सो अवसरमा वैकल्पिक केन्द्रीय सदस्य मेटमणी चौधरी, जिल्ला अध्यक्ष टिकाराम खड्का, मेयर घनश्याम पाण्डे ,उपसचिव सुरामणी वेलवासे,जिल्ला सदस्य प्रेमवक्स मियाँ लगायतले आफना विचार राखेका थिए ।