संजय मिश्रा

रौतहट–रौतहटको धरहरी गाविस स्थित जयकिशान उच्च माविमा भएको बिद्यालय ब्यवस्थापन समितिको निर्वाचनका क्रममा गोली चलेको छ । दुईपक्षिय झडपमा गोली प्रहार हुँदा चार जना घाईते भएका छन । झडपमा गम्भीर घाईते धरहरी १ का टँईट पण्डित र शम्भु साहलाई राती नै उपचारको लागि वीरगंज पठाईएको प्रहरीले जनाएको छ ।

shoot-revolver-bulletसामान्य घाईते प्रेमपुर गोनाही २ का चिनिलाल यादव र फागु साह कलवारको जिल्ला अस्पताल गौरमा उपचार भईरहेको छ ।
कुल मतदान नौसय ९१ मध्ये २१वटा मतदाता नामावलीमा चिन्ह लाग्न छुटेकाले एकपक्षले मतदान बदर हुनुपर्ने माग सहीत अडान गरेपछी तनाव भएको थियो ।

असुरक्षाको कारण मतपेटिकाहरु गौरतर्फ लगिएपछि दुईपक्षिय झडप पछि गोली चलेको रौतहटका प्रहरी प्रमुख एसपी डा.गणेश रेग्मीले बताए । समितिको अध्यक्ष पदका लागि हृदय नारायण साह, रामबाबु चौधरी र रामेश्वर साह प्रतिस्पर्धामा छन् । जयकिशान उच्च मावी सदरमुकाम गौरबाट २० कि.मि.उत्तरमा रहेको छ ।