इन्द्रेणी संवाददाता

दाङ, ६ साउन । दाङको देउखुरीमा स्कुटर दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ ।

accdentराप्ती गाउँपालिका- १ भालुवाङमा लु ३२ प ९४८ नम्वरको स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

घटना स्थलमा दुई जना पुरुषको शव फेला परेको ईलाका प्रहरी कार्यालय भालुवाङ्गका प्रहरी प्रमुख रविन्द्रबहादुर खड्काले जानकारी दिएका छन् । मृत्यु हुनेमा प्यूठान नगरपालिका ४ का २८ वर्षीय सुशील गैरे र प्यूठान नगरपालिकाकै ५ का २१ वर्षीय कविराम भण्डारी रहेको प्रहरीले जनाएको छ ।