गोविन्द खड्का
घोराही, ५ साउन । नेपाल टेलिकम दुर सन्चार कार्यालय घोराही शाखाले एडिएसएल सेवालाई द्रुत गतिको बनाउने तयारी थालेको छ । प्राविधिक काम अन्तिम चरणमा पुगेको शाखा प्रमुख शन्तोष शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार एउटा टोलिले टिडिएम मेशिन जडान गरीरहेको छ । प्रमुख शर्माका अनुसार केहि दिनमा जडान सकेपछि अर्को प्राविधिक टोली आउने छ । त्यसले सेवा सन्चालनमा ल्याउने छ । यो सेवा सुचारु भएपछि स्पिडमा ईन्टरनेट चलाउन सकिने छ । मोवाईल फोनमा रहेका समस्याहरु पनि हल हुने छन् । त्यो मेशिन घोराही स्थिति कार्यालमा जडान गरीएको छ ।
पुरानो प्रविधि राख्दा विग्रीए पनि सामान नपाईने कारणले दुःख दिएको शाखाका बरिष्ठ सहायक शुरेस शर्माको भनाई थियोे । नयाँ प्रविधि आएपछि टेलिकमले जडान गरी सजिलो उपाए खोजेको हो । कर्मचारीको अभावले पनि कतिपय काममा गति दिन सकिएको छैन । थोरै संख्याका कर्मचारी बाट पनि धेरै सेवा सुविधा विस्तार गरीएको सहायक शर्माको भनाईछ ।
गत फागुनमा एक बर्ष कार्यकाल पुरा गरेका प्रमुख शर्माको पालामा टेलिफोन सम्वन्धि धेरै समस्या हल भएका छन् । मोवाईल फोनमा रिचार्ज नहुने, विजी देखाउने, नेटकवर्कले काम गरेन पुन प्रयास गर्नुहोला भन्ने जस्ता गुणासा अहिले सुनिएका छैनन् । केहि मात्रामा एडिएसएल ढिलो भएको बताईएको छ । अब नया प्रविधि जडान पछि त्यो पनी समाधान हुने टेलिकमको भनाई छ ।
गत आर्थिक बर्षमा मात्रै सातवटा टावर बनाई सन्चालनमा ल्याएको टेलिकमले जनाएको कछ । त्यसले थ्रिजी सेवा विस्तार भएको छ । यसैगरी भालुवाङ, लमहीको रातो डाडा र गोग्लीमा ल्याण्डलाईन फोन विस्तार गरेको छ । अब केहि दिन भित्रै गुरुवा गाउमा र केहि समय पछि दुधरासमा ल्याण्डलाईन फोन विस्तार गर्न लागेको शाखा प्रमुख शर्माले जानकारी दिनुभयो ।
