काठमाडौं ५ असार । गृहमन्त्री जनार्दन शर्माको निर्देशन पछि डिएसपी सन्जिव शर्मा दास पदबाट निलम्बित भएका छन् । पाँच वर्षअघि रामेछापको साबिक सैपू गाविस १, सिरिसेमा १४ वर्षीया किशोरी सुन्तली तामाङको बलात्कार र हत्या प्रकरणका मुख्य अभियुक्त श्याम राउतलाई उन्मुक्ति दिई भगाएको आरोप डीएसपी शर्मालाई लागेको खबरडबलीमा खबर छ ।
प्रहरी प्रवक्ता सर्वेन्द्र खनालका अनुसार बुधबार प्रहरी मुख्यालयले दासलाई निलम्बन गरेको हो । प्रहरी हेडक्वार्टरले एसपीमा बढुवाका लागि दासलाई पनि सिफारिस गरेको थियो तर, गृहमन्त्री शर्माले त्यसलाई रोक्न र निलम्बन गरी अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए ।