काठमाडौं ३, साउन । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मन्त्रालय भागवण्डा टुंगो लगाएका छन् । साथै प्रमुख विपक्षी दल नेकपा एमालेको राय लिएर तत्काल निर्वाचन क्षेत्र निर्धारण आयोग गठन गर्ने सहमति पनि दुर्इ दलबीच भएको छ ।
मंगलबार साँझ बालुवाटारमा बसेको कांग्रेस र माओवादीका शीर्ष नेताहरुको बैठकले मन्त्रालय भागवण्डा टुंग्याएको हो । जसअनुसार सरकारको नेतृत्वकर्ता दल कांग्रेसले १३ र माओवादीले ९ मन्त्रालय लिनेछ ।
कांग्रेसका एक नेताका अनुसार भौतिक पूर्वाधार कांग्रेस आफैंले राखेको छ भने माओवादीले उर्जा र स्वास्थ्य मन्त्रालय पाएको छ ।
अघिल्लो सरकारमा आफूले लिएको परराष्ट्र मन्त्रालय यो पटक माओवादीले लिएपछि स्वास्थ्य आफूले पाउनु पर्ने कांग्रेसको दाबी थियो भने भौतिक तथा पूर्वाधारमा दुबै पार्टीको दाबी रहँदै आएको थियो ।
माओवादीले गृह, परराष्ट्र र शहरी विकास मन्त्रालय लिइसकेको छ भने कांग्रेसले अर्थ र शिक्षा लिएको छ । अनलाइनखबरबाट