इन्द्रेणी संवाददाता
दाङ, ३ साउन । दाङमा एकवर्षमा २८ हजार सवारी साधन कारवाही गर्दा पौने २ करोड राजस्व संकलन भएको छ ।
जिल्ला ट्राफिक कार्यालय दाङले वितेको आर्थिक वर्ष २०७३÷७४ मा ट्राफिक नियम उलंघन गर्ने २८ हजार ४ सय ७९ वटा सवारी साधनलाई कारवाही गर्दा १ करोड ७५ लाख ९ हजार ५ सय राजस्व संकलन भएको हो ।
जसमा सबैभन्दा वढी मोटरसाइकल १० हजार ४ सय २३ वटा कारवाही गर्दा ६८ लाख ५ हजार ५ सय राजस्व संकलन भएको छ । त्यस्तै ३ हजार ८ सय ४ वस कारवाहीबाट २२ लाख ९९ हजार, ६ हजार ५ सय ६ वटा ट्रक कारवाहीबाट ३९ लाख २५ हजार ५ सय, ४ हजार ६४ वटा जिपकार कारवाहीबाट २३ लाख ६७ हजार ५ सय, ३ हजार ३ सय ६९ टेक्टर कारवाहीबाट १९ लाख २६ हजार र ३ सय १३ टेम्पो कारवाही गर्दा १ लाख ८६ हजार रुपैयाँ राजस्व संकलन भएको टाफिक प्रहरी लालबहादुर देउवाले जानकारी दिएका छन् ।