काठमाडौं २ साउन । स्थानिय तहको निर्वाचनबाट प्रमुख दल बनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले राखेको २ सय ४० निर्वाचन क्षेत्रको प्रस्ताव स्वीकार नगर्ने निर्णय गरेको छ । एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा आइतबार बसेको स्थायी समिति बैठकले २४० निर्वाचन क्षेत्रको प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको हो ।

संविधानअनुसार नै १ सय ६५ निर्वाचन क्षेत्र कायम गरिनुपर्नेमा एमालेले जोड दिएको छ । तत्काल आयोग गठन गरी निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ ।