माधव बेल्वासे
चन्द्रौटा  २९,असार । तेस्रो चरणमा हुने २ नम्बर प्रदेशमा पनि एमाले पहिलो दल हुने युवा सघंका केन्द्रिय अध्यक्ष राजिब पहारीले बताउनु भएको छ । स्थानिय तहको निर्वाचनमा एमाले पहिलो पार्टि वनाउन सहयोग गरेका जनतालाई पहारिले धन्यवाद दिनुभयो ।

प्रेस चौतारी कपिलबस्तुले चन्द्रौटा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भारत प्रेमी केही दलहरुले मधेसीदलको नाम लिएर मधेसीलाइ शोषणगरेको बताउनु भयो । ।मधेशि विरोधि पार्टि भनेर प्रचार गरे पनि मधेशको समस्या र मधेशिजनको मनमा एमाले मात्र रहेको जिकिर गर्नुभयो ।

20030815_1079371812197473_813356985_n

एमाले प्रति देशबासीहरुको लहर देखेर अन्य पार्टिहरुलाई डाहा लागेको अध्यक्ष पहारीले वताउनुभयो ।स्थानिय तहमा जनताले देश प्रेमी पार्टी एमालेलाइ रोजेको समेत दावि गर्नुभयो ।सम्मेलनमा वोल्दै पहारीले युवाको संरक्षण एमालेले मात्र गर्ने र स्थानिय तहको निर्वाचन युवाको प्रतिनिधित्व रहेको वताउनुभयो ।

कार्यक्रम प्रेस चौतारी जिल्ला सहसचिव सञ्जिब गहतराजको अध्यक्षता , युवासघं केन्द्रिय अध्यक्ष राजिव पहारीको प्रमुख आथित्यता युवासघं नेपाल केन्द्रिय सचिव माधव बास्तोला ,केन्द्रिय लेखा आयोल सचिव तेजेन्द्र पाण्डेको विशिष्ट आथित्यता ,युवासघं जिल्ला अध्यक्ष गणेश केसीे शिबराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डे युवासघं शिबराज नगरकमिटी अध्यक्ष राम चन्द्र केसी मानव अधिकार प्रतिष्ठान सभापति बिस्णु प्रसाद खतिवडा लगायतको आथित्यताका कार्यक्रम सम्पन्न भएको छ ।

शोक सभा
युवासघं जिल्ला कमिटीको आयोजनामा युवासघंका केन्द्रिय सदस्य टोपलाल पोख्रेलका पिता रुद्ध भक्त पोख्रेलको ७९ बर्षको उमेरमा भएको दुखत निधन भएको १३ दिनको पुण्य तिथीको अबसरमा सोक सभा सम्पन्न भएको छ । युवासघंका केन्द्रिय अध्यक्ष राजिब पहारीको प्रमुख आथित्यतामा सम्पन्न सोक सभालाइ सम्बोधन गदै सबैका पृय रहनु भएका पिता रुद्ध भक्तको निधन प्रति युवासघं स्तब्ध भएको भन्दै उहाँ प्रति शोक ब्यक्त गर्नु भयो ।