घोराही २९ असार । दाङ घोराही उपमहानगरपालिका ३ मा रहेको रात्रि प्राथामिक बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई बिहिबार पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । समाजसेवी तथा नेपाल संस्कृत बिश्वबिद्यालय बिजौरी अन्तरगत जनता बिद्यापीठका भौतिक शास्त्रका उपप्राध्यापक दुर्गा बहादुर केसीले उपलब्ध गराएको पोशाक तथा शैक्षिक सामाग्री वितरण गरिएको हो । बाल बिकास, नर्सरी, कक्षा १ र २ मा अध्ययनरत बिद्यार्थीहरुलाई दाङका शिक्षा अधिकारी रमेश मैनालीले पोशाक तथा शैक्षिक सामाग्री हस्तान्तरण गरेका हुन् । त्यहाँका बिद्यार्थीका अभिभावकहरुको आर्थिक अबस्था कम्जोर भएकाले बिद्यार्थीहरुलाई पढाईमा राहात होस भनी आफुले सहयोग गरेको गोर्खा स्कुल तुलसीपुरका निमित्त कार्यकारी अधिकृत समेत रहेका केसीले बताए ।
बिद्यालय व्यबस्थापन समितिका अध्यक्ष पुष्पा चौधरीको अध्यक्षता तथा दाङका शिक्षा अधिकारी रमेश मैनालीको प्रमुख आतिथ्य एबं अधिकारकर्मी प्रमोद न्यौपाने र समाजसेवी दुर्गा बहादुर केसीको बिशिष्ट आतिथ्यमा भएको एक कार्यक्रमकाबीच बिद्यार्थीहरुलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
त्यस अबशरमा मन्तब्य ब्यक्त गर्दै शिक्षा अधिकारी रमेश मैनालीले बिभिन्न व्यक्ति तथा संस्थाले बिद्यालयमा गर्ने सहयोगले बिद्यार्थीहरुमा हौसला प्रदान गर्ने बताए । कार्यक्रममा मानब अधिकारकर्मी प्रमोद न्यौपानेले बिद्यार्थीहरुको पढ्न पाउने अधिकार बञ्चित हुन नदिन यस्तै सहयोगको अपरिहार्य रहेको बताउनु भयो । यस अघि उक्त बिद्यालयमा एम्नेष्टी ईन्टरनेश्नल र गणेश बहादुर पाण्डे, मन्थरा पाण्डे पुरस्कारकोषबाट शैक्षिक सामाग्री तथा पोषाक वितरण गरिएको थियो । कार्यक्रमको सहजीकरण बिद्यालयका प्रधानध्यापक छमा सुबेदीले गरेकी थिईन् ।
