काठमाडौं, २४ असार । दुई महिनाभित्रै सबै गाउँपालिकामा ‘क’ वर्गको बैंक सञ्चालनमा आउने भएका छन् । ‘क’ वर्गका वाणिज्य बैंक नभएका गाउँपालिकाले ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाबाट कारोबार गर्न सकिने छ ।

Bankस्थानीय विकास मन्त्रालयले गाउँपालिका भएका अधिकांश ठाउँमा वाणिज्य बैंकको शाखा नभएकाले बजेट खर्चका लागि ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाबाट कारोबार गर्न मिल्ने गरि निर्देशन दिइएको हो । तर आम्दानीको खाता सञ्चालन गर्न भने सबभन्दा नजिकको ‘क’ वर्गकै वाणिज्य बैंकमा खाता खोल्नुपर्ने छ ।

कमजोर भौतिक पूर्वाधार भएका दुर्गम ठाउँका स्थानीय तहमा शाखा विस्तार गर्न निजी बैंकहरु तयार नदेखिएकाले प्रोत्साहन स्वरुप विशेष कार्यक्रम ल्याइन लागेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।