इन्द्रेणी संवाददाता
दाङ, १७ असार । अपहरण गरी हत्या गरिएका दाङ तुलसीपुरका राजकुमार श्रेष्ठको आज शनिवार अन्तिम दाहासस्कार गरिएको छ । तुलसीपुरस्थित शितलपुरको ववई घाटमा उनको पार्थिक शरिरको अन्तेष्टि गरिएको हो ।
युवतीको प्रयोग गरेर जेठ २६ गते अपरणमा परेका श्रेष्ठ हिजो मात्रै सल्यानको छत्रेश्वरी गाउँपालिका ४ को जंगलमा फेला परेको थियो । उनको हत्यामा संलग्न केहीलार्य प्रहरीले पक्राउ गरिसकेको छ भने केही फरार रहेका छन् ।