काठमाडौं, १६ असार । गृहमन्त्री जनार्दन शर्मा प्रभाकरसँग नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहमद अल हेलले शिष्टाचार भेटवार्ता गर्नु गरेका छन् ।

Qatar ambassador to Nepalआज शुक्रवार गृहमन्त्रालयमा भएको भेटवार्तामा कतार र नेपालबिचको मैत्रीपुर्ण सम्बन्ध तथा आपसी समझदारीबारे दुबैपक्षबिच चर्चा भएको थियो ।

गृहमन्त्री जनार्दन शर्मा प्रभाकरले कतारको विकासमा नेपाली श्रमिकहरुको पनि लगानी भएकोले कतारको समृद्धीमा नेपाल पनि संतुष्ट भएकोे बताए ।

मन्त्री शर्माले दुबै राष्ट्रबिच आपसी सहयोग आदान प्रदान गर्न आवश्यक रहेको बताउदै सन २०२२ मा कतारमा हुन लागेको विश्वकपको सफलताकालागि सुभकामना दिएका थिए ।

यसैगरी राजदुत युसुफ बिन मोहमद अल हेलले भर्खरै सम्पन्न पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचन व्यवस्थित तथा शान्तिपुर्ण ढंगले सम्पन्न गराउन सफल भएकोमा गृहमन्त्री शर्मालाई बधाई दिएका थिए ।