काठमाडौं,२५जेठ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सूचना तथा सञ्चारमन्त्री शेरधन राई र सञ्चार सचिव दिनेश थपलियाको ध्यानाकर्षण गराएको छ ।

Pathak-bare-akhtiyarप्रेस काउन्सिल नेपालमा सदस्यका रुपमा नियुक्ति पाएका दीपक पाठकलाई सरकारले दिएको ९ लाख ५३ हजार ५ सय रुपैयाँ कानूनसम्मत नदेखिएको भन्दै अख्तियारले ध्यानाकर्षण गराएको हो । पाठकलाई भुक्तानी गरिएको सो रकम फिर्ता गर्नसमेत अख्तियारले भनेको छ ।

अख्तियारले सूचना तथा सञ्चार मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ- ‘५ वर्षको लोक कल्याणकारी विज्ञापन वापतको रकम मार्गदर्शन पत्रिकालाई रु ९,५३,५००।- भुक्तानी गरेको देखिँदा ३ वर्षको रकम प्रचलित कानून र स्वीकृत मापदण्ड विपरीत वर्गीकरणमै नपरेको अवधिको रहेकाले कानूनसम्मत देखिएन ।’

अनलाइन खबरमा खबर छ ।