दाङ,२५ जेठ । घोराही नगरपालिकाको सहयोग र वडा नागरिक मञ्च सेवारको आयोजनामा मंगलबार देखि घोराहीमा दुइ महिने कम्प्यूटर तालिम सुरु भएको छ । स्थानीय सनलाइट कम्प्यूटर इन्टिच्यूटमा तालिम सुरु भएको हो । घोराही ८ सेवारका स्थानीय २४ जनाको लागि दिइने तालिमको मंगलबार औपचारिक कार्यक्रमको आयोजना गरि सुरुवात गरिएको हो ।
स्थानीय केशबहादुर घर्तीको अध्यक्षता र एमाले घोराही नगर कमिटीका अध्यक्ष लक्षीन बुढाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा सनलाइट कम्प्यूटर इन्टिच्यूटका प्रोपाइटर सुवास वली, पत्रकार प्रदीप पाण्डेय, दयाजी रोका, बीरबहादुर घर्तीलगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण केशब गिरीले गरेका गिए ।
