कस्तो पीडा भरिएको आवाज ।।। !!! नटिङह्यामतिर रेड कार्पेटजस्तै बिछिएको लम्पसार सडकको व्यथा मेरो कानमा गुन्जिरहेको लाना डेल रेको पीडादायी स्वरमा मिसिएर बजिरहेझै लाग्छ । यो लामो राजमार्गको पनि त केही आवाजहरु होलान् हामीले नसुन्ने, नबुझ्ने, गाडीहरुको आवाजमा मिसिएर हावामा बिलाइरहेको आवाज । नटिङह्याम प्यालेसको डन्जिअनमा बिलाइसकेको रानी इजाबेलाको छटपटाइको चीत्कारजस्तै । लानाको गह्रौँ गीतको नजिक पुग्न फुर्सद मिलेको छ यो लामो कोच यात्रामा । उनी प्रेमीतिर आशाका प्रश्न तेस्र्याउँछिन् – Will you still love me when I’m no longer young and beautiful ? यो प्रश्नमा कति धेरै भावनाहरु भरिएका छन् । समयसँगै खस्किने सौन्दर्यको, इमानदार प्रेमको, असुरक्षाको, मायाको, आशाको आदि–आदि भावहरु । लानाजस्तै हामी आफैलाई प्रत्येक पल असुरक्षाले घेरिएको पाउँछौँ । बिहान उठ्दा हिजोका संरचनाहरु ढलिसकेका हुन सक्छन् । भोलिको उषासँगै मनमा पहिरो गइसकेको हुन सक्छ । भोलि आँखा उघार्दा हामी आफै पनि एकदिन पुरानो भइसक्छौँ । मन पुरानो, इच्छाहरु पुरानो, आकाङ्क्षाहरु पुरानो, सबै थोक एकदिन पुरानो । एक दिन, केवल एक दिनले पनि निकै फरक पार्छ जीवनमा ।

चौबीस घण्टामा संसार निकै बदलिसक्छ । कहिलेकाहीँ चौबीस घण्टामा कलकलाउँदो जीवनले जिउन छाडिदिन्छस चौबीस घण्टामै भर्खरै टुसाउँदै गरेका कलिला सपनाहरु ओइलिसक्छन् । यही चौबीस घण्टामै हामी आफैबाट बिरानो भइसक्छौ आफुले आफैलाई चिन्न छाडिदिन्छौँ । आफैसित अपरिचित हुँदा परिचयका लागि आफैसँग भलाकुसारी गरिरहँदा निधारमा स्ट्याम्पजस्तै नयाँ परिचय टाँसिन आइपुगिसक्छ, ‘पागल’ । फरक पार्छ चौबीस घण्टाले । किन यति सङ्कुचन हामीमा ? किन यति धेरै साङ्लाहरु हाम्रा हात, खुट्टा र मनहरुमा रु के आफैसँग भलाकुसारी गर्नु अपराध हो रु भीडबाट भागेर आफैलाई आफ्नो साथी बनाउनु ठूलै पाप हो ? हामी मानिस भएकै कारण यति धेरै मूल्य चुकाउनुपर्ने, कठै हामी १ म बुझ्छु मेरी सेती दिदीलाई । उनको फूलजस्तो हलुको मनमा क्रुरतापूर्वक ठोकिएका शब्दका गोलीहरु, रगतपक्ष हुँदै भक्लकभक्लक ढलेका उनका इच्छा, सपना र भविष्यका कल्पनाहरु र उनले आफैसँग बोल्दै वनपाखामा दौडिहिँड्नुपर्ने नियतिहरु ! यहाँ को सुरक्षित छ र रु लाना अब यस्ता गीत गाउन छाडिदेऊ । म राम्ररी बुझ्छु तिमीलाई भोलिको अनिश्चितताले कोतरेको तीतो नैराश्यता । म बुझ्छु तिमीले आफ्ना प्रेमीबाट खोजेको आश्वासनका दुई शब्द । यो पनि मलाई थाहा छ, केवल केही शब्दहरु, मात्र एक बोलीमा अडिएको तिम्रो सुरक्षित संसार, सुरक्षित भविष्यको कल्पना । सुरक्षा सायद भ्रम होला तर तिमी त्यही भ्रम खोजिरहेछौ । तर तिमीले गाएको दुःखी गीतहरुभन्दा कति धेरै अँध्यारा असुरक्षित जीवहरु छन् मेरै आँखाको डिलमा । तिम्रोभन्दा निकै धेरै बिथोलिएको मनहरुलाई नदेखेजस्तो गरेर हिँड्न बाध्य छु म । तिम्रो मीठो स्वरमा भरिएको पीडाले अलि बढी घाइते हुँदा म आफैलाई हेर्छु, हेर्छु सेती दिदीलाई पनि । मेरा आँखाको भ्रम मात्र हो कि साँच्चिकै सबैतिर पीडाहरु छ्यापछ्याप्ती छन् र म यस्तै देख्छु जताततै ।
सेती दिदीको मधुरो हुँदै गइरहेको आँखामा केही थान कथाहरु तैरिरहेका छन् । मौका मिलेको दिन म ती आँखाहरुमा लेखिएका अक्षरहरु पढ्न जानेछु । म उनलाई पढ्न चाहन्छु । मलाई थाहा छ, जो मैले बुझेकी छु वा मलाई बुझाइएको छ, उनको बारे उनी त्यो भन्दा भिन्न छिन् । पर्खी बस १ तिम्रो त्यो चुहिँदै गरेको छानोबाट छेलिएर पिँढीको कुनामा जाँतोको छेउमा जसरी मैले तिमीलाई अन्तिम पटक देखेकी थिएँ सेती दिदी । म पक्का आउँछु तिमीसँग कुरा गर्न, तिम्रा ती फुटेका हत्केलाहरुमा लेखिएको तिम्रो जीवन बुझ्न । एकपछि अर्को प्रहार सहँदै छु यी सजीव पुस्तकहरुबाट । छत्रेदेउराली –४, धादिङको सानो झुपडीमा सुक्दै गएको सेती दिदीको सिङ्गै जीवनको जीवन्त पुस्तक एकातिर छ, अर्कोतिर टोमस म्यानका पात्र ह्यान्स क्यास्टोर्प र मनको अर्को कुनालाई आन्दोलित पारिरहेछ गीता त्रिपाठीका म एक्लो र उदास उस्तैका अँध्यारा सम्झनाहरुले । किन हामी यसरी आफ्नै नियतिको चक्रमा बेस्सरी बेरिन पुग्छौँ रु यो नियतिको पाखुरा यति बलियो पाउँछु कि एकचोटि घाँटीमा बेरिएपछि घिटघिट नै पारिदिन्छ । कहिलेकाहीँ त यो अचेटाइले घाइते हुँदा लाग्छ मात्र मृत शरीर घिसारी हिँड्दै छु । जीवन नै छैन । अस्तित्वहीन अस्तित्वमा अल्झिएकी छु ।
‘द म्याजिक माउन्टेन’मा किन यति अँध्यारो चित्रण गरेको टोमस म्यान तिमीले रु त्यो खाउँ–खाउँ लाउँ–लाउँ उमेरका ह्यान्स क्यास्टोर्पलाई किन यसरी रोग र शोकमा पुरिदियौ रु तिमीले पक्का विचार गरेनौ त्यस बखत, संसारको अर्को कुनाबाट एउटी कुमारी भन्ने पाठक फुत्त निस्किने छिन् अनि तिम्रा अक्षरहरु केलाउँदै गर्दा ऊ आफै कैयौँ दिन क्यास्टोर्पजस्तै बिरामी हुने छिन् । छ्या १ कस्तो बकबास कुरा गर्दै छु म ।।। अब तिमी लेखक कहीँ पाठकको खुसीका लागि लेख्छौ र १ तिमीहरु त आफ्नो सन्तुष्टिका लागि ठड्याइदिन्छौ ७२९ पन्नाको महल, ‘द म्याजिक माउन्टेन’हरु । तर बिचरा क्यासटोर्प र जोयाकिम जस्ता युवाहरुप्रति अन्याय गरिहाल्यौ तिमीले उनीहरुलाई पीडा मात्र दिएर । रोग दियौ उपचार बिनाको अनि स्वतन्त्र कैदी बनाइदियौँ उनीहरुलाई स्वीट्जरल्यान्डको स्यानाटोरियममा । खैर, तिमीले उनीहरुलाई दिएको पीडाले मलाई पनि निकै दिनदेखि पीडामा पारिरहेको छ । अब त बिस्तारै मन सम्हाल्न थालिसकेकी छु । तर सबैभन्दा ठूलो गुनासो तिमीसँग के भने म्यान, त्यो दुःखी क्यास्टोर्पलाई त्यसै अलपत्र युद्ध मैदानमा छाडिदियौ । न वार ग¥यौ न पार । तिम्रा ती ढलमले अक्षरहरुको भूतले मलाई क्यास्टोर्पको बेखबरले जत्तिकै चिसा हातहरु भएर राती–राती घाँटी समाउन आइपुग्छन् । तिमीले त्यो पात्रलाई दुःखैदुःखको भुमरीमा पारेर साह्रै अन्याय ग¥यौ । भयो अब गुनासो गर्दिनँ तिमीसँग । म आफै खबर लिन्छु रोगी क्यास्टोर्पको । मलाई राम्ररी ज्ञान छ उसको छट्पटीको, उसको रोगले रुग्ण बनाएको मानसिक परिस्थितिको, किनकि म आफै पनि बिरामी छु आजकल ऊजस्तै ।
तिमीलाई भन्दा बढी मलाई थाहा छ त्यो अन्तहीन खोकीको असह्यता, त्यो छातीभित्र कतै उठेको एक निस्सासिँदो छट्पटी, प्रत्येक रात असिनपसिन हुँदै तर्सिएर ब्यूँझिएका क्षणहरु र ओइलिएर झर्दै गरेका एक अँगालो आशाहरु । मैले भोगेकी छु क्यास्टोर्पकै जस्तो पट्यारलाग्दो रबरजस्तो तन्किएका लामा निरस दिनहरुस एक्लै आफैसँग बात मार्दा–मार्दा थाकेर सुस्ताएका पलहरुस टाउको तातिएर एक चोइटा उछिटिन्छ कि जस्तो हुन्जेलसम्म सिरानीसँग लड्दा–लड्दा पनि आँखामा निद नआएका बेवारिसे रातहरु । उफ् १ यो रोग खालि कमजोर पार्न लाग्ने रहेछ । यो छातीभित्र नदेखिने फोक्सोको दाग अरु कति थरी भएर हामीलाई चौबीसै घण्टा हेरिरहँदो रहेछ । बिछट्टै ठूला ग्रहणहरु जस्ता काला दागहरु भएर । क्यास्टोर्पको फोक्सोको दागको गाढापन बिस्तारै फिका हुँदै जाला, मेरै पनि । अनि मेरी सेती दिदीको दुःखी दिनहरु पनि पातलिएलान् । तर कहिले नमेटिने गहिरो दाग र कहिल्यै निको नहुने रोग छ हामीभित्र । सायद हामी तीनै जनाको दिमागको केही भागमा फैलिएका दागहरु र ती काला छायाहरुको उपस्थितिले दिएका कठोर अन्धकारहरु कहिले हराउने छैनन् । सेती दिदी, मलाई थाहा छ तिम्रो केही गल्ती थिएन । मानवजन्य इच्छा– आकाङ्क्षाहरु तिम्रा अपराध हुँदै होइनन् । चैत्र वैशाखमा जङ्गली पूmलहरु त बिना मलजल र गोडमेल नै वनै मगमगाउने गरी फुलिदिन्छन् । तिमी त मान्छे, के मनको बगैँचामा केही बिरुवाहरु रोपिदिनु १ केही कोपिलाहरु फक्रन दिनु तिम्रो गल्ती हो र रु होइन दिदी १ त्यो तिम्रो भूल हुँदै होइन । गल्ती त त्यो तिम्रो कर्म लेखिदिने भावीको होला जसले तिमीलाई अलिकति रोगी बनाइदियोस गरिबको कोखमा पारिदियो । गल्ती त त्यो परिवारको होला जसले तिम्रा निश्छल मनहरुमा भविष्यको सपना रोपिदिएर तिमीले थाहै नपाउने गरी ती टुसाउँदै गरेका पालुवाहरुलाई निमोठेर फालिदियो । गल्ती त्यो व्यक्तिको हो जसले तिम्रो रोग र कमजोरीलाई अँगाल्न सकेन र आफ्नो बाटो मोडिदियो र सबैभन्दा ठूलो गल्ती त तिमीले आफ्ना आँखाभरि सपनाका सप्तरङ्गी भरेर ग¥यौ । तिमीले बिर्सिएछौ रोगी, गरिब, निमुखाहरुलाई सपना देख्न पनि मनाही छ। । । । । । ! सबैले तिमीलाई पागल ठहराएछन्, जब हावासँगै उड्दै टाढा–टाढा हुँदै गएका आफ्ना सपनाहरुको शिला खोज्न हावाको पछि–पछि लागेर घरमास्तिरको रानीवनमा बेतमासले दौडी हिँड्न थालिछौ ।
त्यो त पक्का हो कसैले भेट्न नसक्ने तिम्रो दौडाइ, रुख, बोट, बुट्यानतिरको हामफलाइ अरुको नजरमा बोक्सीको छोपाइ भनेर बुझियोस पागलपनाले गाँजेको चरम बिन्दु भनेर व्याख्या गरिए । तिमी बिस्तारै पूरै पागल भयौ अरुका लागि । तिमी बोक्सी मन्त्र जानेकी हुन पुग्यौ । सेती दिदी मलाई लाग्छ त्यो तिम्रो जङ्गलभरिको दौडाइ, आँखाबाट टाढा हुँदै गएको सुरक्षित भविष्यको तर्कनाको हिर्काइले निस्सासिएको फोक्सोलाई चाहिएको चिसो बतासको खोजी थियो । मानिसहरुको भीडबाट एकतमास आपूmतिर तेर्सिंदै गरेको तीखा नजरहरुको प्रहारबाट एकैछिन भए पनि ओझेल हुनुका लागि थियो । तर नियति यति कठोर बनिदियो तिम्रा लागि, तिमीलाई अर्कै खेलमा सामेल गरिदियो । आज यतिका वर्षपछि पनि तिम्रो त्यस दिनको रुप मेरो सम्झनामा उज्यालै छ । पटुकामा पोको पारेको एक मुट्ठी मकै–भटमास कति मायाले मलाई दिएकी थियौ– म स्कुलबाट भोकाएर आएको बेला ।
तिमीलाई कुन कुराले त्यत्ति खुसी पारेको थियो कुन्नि, त्यो पुरानो बुट्टे फरिया पनि कति मज्जाले मिलाएर लाएकी थियौ । त्यो सेतो पटुकी पनि उस्तै मजाले कसेकी थियौ कम्मरमा । चौबन्दी पनि कति खुलेको थियो तिम्रो कसिलो शरीरमा । त्यसबेलाको तिम्रो हँसिलो अनुहार तिमीले कपालमा सिउरेको फूलले झन् धपक्क बालेको थियो । सायद तिम्रो सपनाका दियोहरु निभ्नुअघिको समय थियो त्यो । त्यसपछि मैले कहिले पनि तिम्रो कपालमा फूल फुलेको भेटिनँ, न कहिल्यै त्यसरी मिलाएर लाएको फरिया र चौबन्दी नै देखेँ । दिदी त्यसपछिका दिनहरुमा मैले मात्र तिम्रा फरिया र चौबन्दीहरुमा टालेको ठाउँहरु थपिँदै–थपिँदै गएको भेटेँ– तिम्रो लरक्क धागो लगाएर बाटिने कपालमा बढ्दै गएको लट्टा, तिम्रो घाँटी र हात खुट्टाहरुमा थुपिँ्दै गरेको मयलका काला पत्रहरु । पिँढीको कुनामा जाँतोको छेउमा सुक्दै गएको तिम्रोे कालो शरीर भेटेँ । तिमी मौन रह्यौ, मैले तिम्रो मौनतालाई बिथोल्ने आँट गर्न सकिनँ त्यसबेला । केही बेर हेरिरहेँ तिम्रो जाँतोतिर ठोकिँदै गरेको एकोहोरो हेराई । सायद मनमनै हिसाबकिताब गर्दै थियौ नियतिको जाँतोमा पिँधिएर धूलो–पिठो भएको आफ्नो जीवन । म काठमाडौँतिर बरालिँदै गर्दा सुनेँ– सेती त पूरै बहुलाई रे ! आजकल त गाउँका भुराहरु उसलाई ढुङ्गा हान्न थालेका छन् रे ! सेती दिदी, पीर नगर है ! यो संसार आखिर पागलबस्ती नै त हो ।
अरुका लागि तिमी पागल, तिम्रो लागि अरु पागल । जो सद्दे ठान्दै छन् आफुलाई र तिमीलाई ढुङ्गा हान्दै छन् के तिमीलाई लाग्छ उनीहरु सद्दे हुन् रु उनीहरु तिमीलाई पागल देख्छन् तर आफ्नो पागलपन देख्दैनन् । यस्तै छ यहाँ, कोही रोगले बहुलाएका छन्स कोही मायाले पागल भएका छन्स कोही सम्पत्ति र नामले पागल भएका छन् र कोही नियतिले पागल बनाइएका छन् । आखिर पागल त पागल नै हुन् नि सबै क्रुरता म, तिमी, क्यास्टोर्प सबै यही बस्तीका सदस्य हामी । अहिले तिमी पागल बनेकी छौ । हुन सक्छ म पनि कुनै दिन पागल हुनेछु । क्यास्टोर्प युद्ध मैदानमा कतै पागल हुनेछ अनि हामी एकअर्काको मौन भाषा बुझ्ने छौँ । भो लाना ! अब भविष्यको, सुरक्षाको, प्रेमको, आशाको गीत नगाऊ । यो पागल बस्तीकै सदस्य हौ तिमी पनि । के थाहा भोलि कतिखेर तिमी पनि पागल ठहराइने छौ । त्यसबेला के काम तिम्रो प्रेमीलाई गरेको सम्बोधन ! तिम्रो आफ्नै प्रेमी तिमीलाई पागलको संज्ञा दिएर कोसौँ टाढा पुगिसकेको हुनेछ । तिम्रो पीडा भरिएको स्वरकोे पहुँचभन्दा धेरै टाढा । । । । –उज्यालो अन्धकारबाट
