इन्द्रेणी संवाददाता
दाङ, १३ असार । दाङमा स्थानीय तह निर्वाचनका लागि तीन तहको सुरक्षा योजना बनाएको छ । केन्द्रीय सुरक्षा परिषदको निर्णय अनुसार निर्वाचन अबधिमा निर्वाचनको भित्री घेरामा नेपाल प्रहरी दोश्रो घेरामा सशस्त्र प्रहरी र बाहिरी घेरामा नेपाली सेना खटिने दाङका प्रहरी प्रमुख धिरज प्रताव सिंहले जानकारी दिए ।
गृह मन्त्रालयको निर्देशन अनुसार दाङमा समान्य, संवेदनशील र अति संवेदशील क्षेत्रमा मतदान स्थललाइ वर्गीकरण गरी आवश्यक सुरक्षाकर्मी परिचालन गर्न लागेको हो ।
अहिले सम्म छिटफुट घटना बाहेक दाङमा त्यस्तो अप्रिय घटना नघटेको बताउदै मतदान स्थल र बाटोमा समेत कडा सुरक्षा ब्यबस्था भएको बताउदै एसपी सिंहले भने – ‘हामीले निर्वाचन अबधी भर दाङ को सुरक्षा अबस्था कडा बनाएका छौं सुरक्षा योजना अनुसार निर्वाचन स्थलको भित्री घेरामा नेपाल प्रहरी १४०० जना दोश्रो घेरामा सशस्त्र प्रहरी ७०० जना र बाहिरी घेरामा ४०० जना नेपाली सेना परिचालन भएको छ भने झन्डै १४०० जनाको संख्यामा म्यादी प्रहरीले पनि सुरक्षा दिनेछन।’