इन्द्रेणी संवाददाता
दाङ, १३ असार । चुनाव नजिकिदै गर्दा दाङमा वम आतंक मच्चिएको छ । यहाँ उपमहानगरपालिकाका मेयरको घरमै वम भेटिएका छन् ।तुलसीपुर उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार गेहेन्द्र गिरीको घरको घरमा नक्कली वम भेटिएको छ । सल्यान रोडमा रहेको गिरीको घरमा वम जस्तो कुनै नौलो बस्तु भेटिए भेटिएको हो ।
त्यस्तै घोराही उपमहानगरपालिका माओवादी केन्द्रका तर्फबाट मेयर पदका उम्मेदवार जीवन गौतमको घर नजिकै पनि वम फेला परेको प्रहरीले जनाएको छ ।
त्यस्तै तुलसीपुरस्थित अरनीको मैदान समिक्षालयमा र मुख्य सडक तुलसीपुरको विपी चोक, घोराही ट्राफिक रोडमा पनि बम भेटिएको छ ।
यी सबै वम जस्ता देखिने नौला बस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय बनाएको प्रहरीले जनाएको छ ।
जता ततै देखिएका बम जस्ता देखिने बस्तु बम नभएर बाताबरण लाई त्रसित बनाउन नक्कली बम फालेको दाङ जिल्लाका प्रहरी प्रमुख धिरज प्रताप सिंहले बताए।
निर्वाचन खारेजी र बहिस्कारको कुरा गर्दै आएको नेपाल कम्युनिष्ट पार्टीले भोलि हुन लागेको मतदानमा त्रास फैलाउन नक्कली बम राखेको हुन सक्ने आशंका गरिएको छ ।