घोराही, १३ असार । दाङमा एमालेका कार्यकर्ताले कांग्रेसका कार्यकर्तालाई कुटपिट गरेका छन् ।
घोराही उपमहानगरपालिका वडा नं. १७ को क्वाडीमा एमालेबाट वडा अध्यक्ष पदका उमेद्वार विवेक श्रेष्ठको नेतृत्वमा रहेका एमालेका युवाहरुले विनाकारण कांग्रेसका दुई जना युवाहरुलाई कुटपिट गरेको काग्रेस दाङले आरोप लगाएको छ ।
गएराति ११ बजेको समयमा मोटरसाईकलमा गएको समूहले छिमेकीको घरबाट आफ्नो घर जार्दै गरेका दुईजना कार्यकर्तालाई विनाकारण हातपात गरेको कांग्रेसले बताएको छ ।