डडेल्धुरा, ११ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले जनताको सबै अधिकार गाउँ घरमा आएको बताएका छन् । चुनावी अभियानमा गृह जिल्ला डडेल्धुरा पुगेका देउवाले कार्यक्रममा जनता सँग भने – ‘ अब तीन वटै सरकार तपाइँहरुको घर आँगनमा आइपुगेको छ यसलाई सदुपयोग गर्नुहोस ‘ ।

Deubaजनताका आवश्यक सबै अधिकारहरु स्थानीय तहमै स्थापित भएको बताएका उनले यहि अधिकारका लागि ७ दशक देखि कांग्रेसले संघर्ष गर्दै आएको दाबी गरे । उनले कांग्रेसका उम्मेदवारहरुलाई अत्यधिक मत दिएर बिजयी गराउन आग्रह पनि गरे ।

देउवाले आजै डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपापलका वार्ड नं. ३, अमरगढी नगरपालिका १ स्याउँले बजार ५, सदरमुकाम बागबजार र भागेश्वर गाउँपालिकामा कांग्रेसले आयोजना गरेको चुनवी सभालाई समेत सम्बोधन गरे । नयाँ पत्रिकाबाट