काठमाण्डौ, २५ जेठ
नेपाल विद्युत प्राधिकरणले आजदेखि दैनिक एक घण्टा लोडसेडिङ घटाएको छ । अब दैनिक औसतमा ९ घण्टा अर्थात सातामा ६३ घण्टा लोडसेडिङ हुनेछ ।
नदीमा पानीको बहाव क्रमश बढ्दै गएकाले त्यसअनुसार लोडसेडिङ घटाउँदै लैजाने प्राधिकरणको भारपे्रषण केन्द्रले जनाएको छ ।
यसअघि साताको ७० घण्टा लोडसेडिङ हुँदै आएकोमा सो समय घटाएर साताको ६३ घण्टा बनाएको छ ।
अब सातामा २ दिन साढे ९ घण्टा, ४ दिन नौ घण्टा, एक दिन आठ घण्टा लोडसेडिङ हुनेछ । प्राधिकरणले यसअघि साढे ११ घण्टासम्म लोडसेडिङ गर्दै आएको थियो । अब भने बढीमा साढे ९ घण्टामात्र लोडसेडिङ हुनेछ ।।