असार ९, काठमाडौं– नेपालका लागि रसियन राजदुत आन्द्रेइ एस बुडनिक र गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ बिच शिष्टाचार भेटबार्ता भएको छ ।
janardan---

गृहमन्त्रालयमा शुक्रवार भएको भेटघाटक्रममा राजदुत बुडनिकले विपत पुर्व तयारी तथा प्रतिकार्यको क्षेत्रमा नेपाल सरकार र रसिया सरकारबिच आपसी सहयोग तथा सुचना आदान प्रदानका लागि रसियाले सन २०१५ मा नेपालसँग समझदारी पत्रका लाागि गरेको प्रस्ताव बारे जिज्ञासा राखेका थिए । मन्त्री शर्माले केही दिनको गृहकार्य पश्चात समझदारी पत्रमा हस्ताक्षर गर्न सकिने बताए ।

यसैगरी मन्त्री शर्माले आफु उर्जामन्त्री भएको बेला प्रस्ताव गरेको हाईड्रोपावर प्रोजेक्ट निर्माणबारे चासो राखेका थिए । राजदुत बुडनिकले नेपाली सेनाका लागि आवश्यक एमआई सेभेन्टीन हेलिकप्टर लगायतका सामाग्रीहरुको खरिदका लागि समेत प्रस्ताव राखे । मन्त्री शर्माले जवाबमा सम्वन्धीत मन्त्रालय तथा बजेटका बारेमा बुझेर अर्को भेटमा जानकारी गराउने बताए । रसिया र नेपालबिच सन २०१६, जलाई २०मा क’टनितीक सम्बन्ध स्थापना भएको हो ।