असार ९, काठमाडौं–गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले कुलतबाट समाजलाई मुक्त गर्दै लागु औषध मुक्त समाज निर्माण गर्न अपिल गरेका छन् । शुक्रवार लागु औषध दुरुपयोग तथा ओसार–पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा सन्देश दिँदै मन्त्री शर्माले विद्यालय र कलेजका विद्यार्थीहरु दुब्र्यसनमा फस्ने गरेको बताए । आगामी असार १२ गते विश्वभर लागु औषध विरुद्धको दिवस मनाईँदै छ । नेपालले पनी विविध कार्यक्रमको आयोजना गरेर उक्त दिवस मनाउँदै आएको छ ।

विद्यालय उमेरका युवा–युवती लाई नियतबस दुब्र्यसनमा लागेका ग्याङले समेत फसाउने गरेको उल्लेख गर्दै मन्त्री शर्माले नयाँ पुस्तालाई कुलतबाट जोगाउन जनेतना फैलाउनुपर्ने बताए ।

‘विभीन्न संघ–संस्थाहरुले लागु औषध विरुद्ध कार्य गर्दै आएको भएपनी यसलाई अझै प्रभावकारी बनाउन जरुरी छ’ उनले भने, ‘लागु औषधले परिवार मात्रै होईन समाज र राष्ट्रलाई नै हानी पु¥याईरहेको छ ।

दुब्र्यसनी नियन्त्रणका लागी आफ्ना अभिभावकले सन्तालाई सचेत बनाउन आवश्यक रहेको बताउँदै मन्त्री शर्माले भने, ‘सुर्ति र रक्सिले पनी मानव स्वास्थ्यमा ठुलो क्षती पु¥याईरहेको हुनाले यसबाट जोगिनु आवश्यक छ ।’

लागु औषध निर्मुल गर्दै ओसार पसार नियन्त्रणका लागी सरकार प्रतिवद्ध रहेको मन्त्री शर्माले बताए । असार १२ गते गृह मन्त्रालयले लागु औषध दुरुपयोग तथा अबैध ओसार पसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस विशेष कार्यक्रम गरेर मनाउने भएको छ ।