दाङ, ९ असार । नेकपा माओवादी केन्द्र दाङले चुनाव प्रचार तीब्र पारेको छ । २०६४ कै चुनावी नतिजा फर्काउने उद्देश्यसहित प्रचार प्रचार तीब्र पारिएको जिल्ला निर्वाचन परिचालन समिति संयोजक निर्मल आचार्यले जानकारी दिनुभयो । अहिले दश वटै तहमा प्रतिष्पर्धात्मक अवस्थामा पुगेको भन्दै उहाँले यसपटकको चुनावमा धेरैले नसोचेको परिणाम माओवादीले प्राप्त गर्ने बताउनुभयो ।

19458296_10211637176478272_1141038671_n

निर्वाचन अभियानलाई प्रभावकारी बनाउन केही दिनयता माओवादीले प्रभावशाली नेताको उपस्थितिमै कार्यक्रम गर्ने रणनीति अघि सारेको छ । जसअनुसार उम्मेदवारी दर्ताका दिन उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको उपस्थितिका जिल्लाका सबै तहमा जनप्रदर्शनसहित र्याली गरेर तेस्रो चरणको अभियान उद्घाटन गरेको माओवादीले लगत्तै पूर्वअर्थमन्त्री बर्षमान पुनलाई बोलाएको थियो । पुन जिल्लामै रहेको र पुन फर्केलगत्तै गृहमन्त्री जनार्दन शर्मा प्रभाकर दाङ आउने कार्यक्रम तय गरिएको संयोजक आचार्यले जानकारी दिनुभयो ।

यसैबीच माओवादी ५ नम्बर प्रदेश इञ्चार्जसमेत रहेका पूर्वअर्थमन्त्री पुनले शुक्रवार जिल्लाका दश स्थानमा आयोजित चुनावीसभालाई सम्वोधन गर्नुभएको छ । गढवाका सात ठाउँमा भएका सभालाई सम्बोधन गरेका पुनले बंगलाचुली २ खाडामा आयोजित सभालाई पनि सम्बोधन गर्नुभएको थियो । त्यस्तै उहाँले तुलसीपुर ५ र तुलसीपुर ९ मा आयोजित चुनावीसभालाई पनि सम्वोधन गर्नुभएको थियो ।

यसैबीच माओवादी शान्तिनगरले वडा नम्बर ५ र ७ मा चुनावी ¥याली गरेको छ । धनौरादेखि खैरनीसम्म र काशपुरदेखि रगैचासम्म ¥याली गरेको माओवादीले जनाएको छ । ¥यालीपछि कोणसभालाई पोलिटब्यूरो सदस्य कुवेर ओली, गाउँपालिका अध्यक्षका उम्मेदवार नेवबहादुर रोका र उपाध्यक्षका उम्मेदवार राधिका परियारले सम्वोधन गर्नुभएको थियो ।