दाङ, ८ असार । जलवायु परिबर्तन न्युनीकरणका लागि सबैको सहकार्य आवश्यक रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । जिल्ला समन्वय समिति दाङको आयोजनामा दुई दिनसम्म सञ्चालन भएको दुई दिने जलवायु परिवर्तन न्युनीकरण तथा बाताबरण मैत्री तालिम समापन कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका हुन् ।

स्थानीय विकास अधिकारी कुलबहादुर जिसीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा बोल्ने सहभागीहरुले जलबायु परिबर्तन न्युनीकरण र बाताबरण मैत्री समाज निर्माणका लागि सबैले सचेत भएर काम गर्न आवश्यक रहेको बताएका थिए ।

जिल्लाभरीका ३५ जना आदिवासी जनजाती समुदायका ब्यक्तिहरुको सहभागीता रहेको तालिममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, सामुदायिक बन उपभोक्ता महासंघ दाङका भुपबहादुर केसीले जलबायु परिवर्तनले पार्ने प्रभाव, न्युनीकरण गर्ने उपाय तथा आदिवासी जनजाती समुदायका मुद्धाका विषयमा प्रशिक्षण दिनुभएको थियो ।

तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका सामाजिक विकास अधिकृत बालकृष्ण खनाल, आदिवासी जिल्ला समन्वय समितिका अध्यक्ष खुमबहादुर गुरुङ, सल्लाहकार नारायणप्रसाद श्रेष्ठ, सहभागी, रामशरण चौधरी र कमला कुसुण्डाले बोल्नुभएको थियो ।।