रीता लामा
घोराही, ८ । नेकपा एमाले घोराही उपमहानगरपालिकाका उमद्वारहरुले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन । हामी यसरी गछौ एकसय दिनमा एक सय एक काम भन्दै एमाले घोराहीका उमेदवारहरुले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन । एमाले स्थायि कमिटीका सदस्य शंखर पोखरेल एवम एमाले स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्यको विशेष उपस्थितीमा एमाले घोराही उममहानगरका उम्दवारहरुले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका थिए । एमाले घोराही उपमहानगरपालिकाका उम्दवारहरुले आफ्नो प्रतिज्ञा पत्रमा घोराहीलाई प्लाष्टिक मुक्त, दुव्यशनि मुक्त शहर बनाउने देखि हेल्लो क्विक रेस्पोन्स कार्यक्रम पनि आफ्नो सय दिनमा समावेश गरेको छ ।
यस्तै एमाले घोराहीले घोराहीलाई भोकरहित जनता शोकरहित उपमहानगर संचालनका लागि वडावडामा सुपथ मुल्यको पसल खोल्ने देखि फोहोरलाई मोहोर बनाउने आर्कषक योजना आफ्नो सय दिनमा समावेश गरेको छ । लामो समय देखि अन्योलमा रहेको चत्रपथ निर्माण एमाले घोराहीले आफ्नो प्रतिज्ञापत्रमा महत्वका साथ समावेश गरेको छ । एमालेले आफ्नो अर्को आर्कषक योजनामा धुम्रपान मुक्त परिवार, नमुना पर्यटकिय सामुदायिक जडिबुटि, बनस्पति उद्यानसहित चिडियाखाना निर्माणको कुरा पनि आफ्नो सय दिनमा राखेको छ ।
एमाले घोराहीका उमेदवारको प्रतिज्ञापत्र सुनिसके पछि एमाले नेता एवम स्थायी कमिटी सदस्य शंखर पोखरलेले घोराही कमिटीले निर्माण गरेका प्रतिज्ञापत्र उत्कृष्ट भएको र जित पछि पुर्ण रुपमा कार्यान्वयन हुनेमा आफु ढक्क रहेको बताउनुभयो । एमालेले जे बोल्छ गरेर देखाउछ, उहाँले भन्नुभयो , अवको सुन्दर शहरको परिकल्पना एमालेसँग मात्र रहेको र त्यो पनि एमालेले मात्र पुरा गर्ने उहाँले बताउनुभयो । यस्तै घोराही उपमहानगरपालिकाका मेयर पदका उमेदवार नरुलाल चौधरीले आफुले सार्वजनिक गरेका एकसय दिनको एकसय एक योजना आफुले जितपछि पुरा गरेरै छोड्ने दावि गर्नुभयो । साथै उहाँले यी प्रतिज्ञापत्रहरु पुरागर्ने क्षमता र भिजन आफुसँग रहेको जिकिर समेत गर्नुभयो ।
प्रतिज्ञापत्र सार्वजनिक कार्यक्रम प्रतिज्ञापत्र निर्माणको संयोजन गरेका एमाले नेता माधवप्रसाद शर्माले सहि नीति र नेतत्व एमालेसँगमा मात्रै भएको हुदाँ एमालेलाई जिताउनुको विकल्प नगरेहेका बताउनुभयो । साथै उहाँले एमालेलाई जिताए मात्र समृद्ध शहरको परिकल्पना गर्न सकिने धारणा राख्नुभयो । कार्यक्रममा एमाले केन्द्रिय सदस्य एवम स्वास्थ्य विभाग प्रमुख सुजिता शाक्यले आफ्नो सहि भिजन लिएर जनतामाझ जान जिल्लाका सबै उमेदवारहरुलाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा एमाले नेता मेनका पोखरेल, देवि पोखरले, लक्ष्मण आचार्य, लगायतका नेताहरुको सहभागिता रहेको थियो । एमाले जिल्ला कमिटी सदस्य शरद अधिकारीको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण एमाले घोराही प्रचारविभाग प्रमुख विकिरण गौतमले गर्नुभएको थियो ।