इन्द्रेणी संवाददाता
तुलसीपुर, ८ असार । नेपालका १९ उत्कृष्ट माविभित्र दाङको ज्ञानज्योति स्कुल पनि पर्न सफल भएको ।

IMG_9365कक्षा ११ र १२ को नतिजासँगै शैक्षिक गुणस्तरका आधारमा फोकस नेपालले नेपालका उत्कृष्ट नतिजा ल्याउने १९ विद्यालयलाई सम्मानित गरेको छ । जसमा दाङको ज्ञानज्योति पनि सम्मानित भएको छ ।

ज्ञानज्योतिले स्थापनाकालदेखि नै मध्यपश्चिममै उत्कृष्ट नतिजा ल्याउदै आएको विद्यालयले दावी गरेको छ । काठमाडौको पर्यटन बोर्डमा भएको कार्यक्रममा प्रमुख अतिथि उप प्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कलेजका प्राचार्य सुरेन्द्र जिसीलाई सम्मान गरेका हुन् ।