रेखा मगर
दाङ, २५ जेठ
दाङमा सोनापुर सिमेन्ट उद्योगका लागी चुनढुंगा वोकेको टिप्पर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
रा १ख९४७ नं को टिप्पर रोल्पाको होलेरी छेउँवाट चुनढुंगा लिएर
आँउदै गर्दा दाङको सैघा गाविस २ तोषपेदीमा गएराति २ वजे दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक, सहचालक र एक जना सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको दाङका प्रहरी प्रवक्ता डिएसी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
दुर्घटनामा मृत्यु भएका मध्य टिप्परमा सवार सैघा २ वस्ने १९ वर्षका अजय नेपालीको मात्रै सनाखत भएको छ ।चालक र सहचालकको नाम ठेगाना खुल्न नसकेको प्रहरीले वताएको छ ।
दुर्घटनामा परी सैघा २ वस्ने १९ वर्षका खिमवहादुर सार्की गम्भिर घाइते हुनुभएको छ ।
घाइते सार्कीको घोराहीमा प्रारम्भिक उपचारपछि थ
प उपचारका लागी नेपालगन्ज रिफर गरिएको छ ।
चिप्लो वाटो र लोड धेरै भएका कारण टिप्पर १ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
वर्षायाम लागेसंगै घोराही होलेरी सडकखण्ड हिलाम्य हुने गरेको छ ।
जस्का कारण सवारी चालक र यात्रुहरुलाइ समस्या उत्पन्न हुने गरेको छ ।।