घोराही, ६ असार । नेपाली कांग्रेसले घोराही उपमहानगरपालिका अन्तरगत चुनावी कार्यmमलाई तीव्र बनाएको छ । कांग्रेसका मेयर पदका उमेद्वार भुपबहादुर डाँगी र उपमेयर पदका उमेद्वार पुष्पा श्रेष्ठ सहित सांसद एवं अग्रज नेताहरु सहभागी भएर चुनावी कार्यक्रम तीव्र पारिएको छ ।

CcCongressनिर्वाचन आउन केही दिनमात्र बाँकी रहदाँ चुनावी कार्यक्रमलाई तीव्र रुपमा वडाहरुमा सभा एवं मतदाता भेटघाट कार्यक्रम भईरहेको कांग्रेस प्रचारप्रसार समितिले बताएको छ ।

चुनावी कार्यक्रम अन्तरगत आज घोराही उपमहानगरपालिकाको वडा नम्बर ३, १६ र १७ मा चुनावी कार्यक्रमहरु भएका छन्. । वडाका विभिन्न स्थानमा सभा एवं भेटघाट कार्यक्रम भएको कांग्रेस दाङ क्षेत्र नम्बर ३ ले जानकारी दिएको छ । वडा नम्बर ३ को झिङ्नी, वडा नम्बर १६ को सर्रा र बाहुनडाँडा एवं वडा नम्बर १७ को घनिवगीयाका कार्यक्रम भएका छन् ।

नेपाली काँग्रेस घोराही उपमहानगरपालिकाको वडा नं १६ ले चुनाबीसभा कार्यक्रम आज घोराही उपमहानगरपालिका वडा नं १ सर्रामा सम्पन्न गरेको छ । साविका घोराही नगरपालिका वडा न ं१ का वडा सभापति सुरेश पछाईको अध्यक्षता तथा सासंद राजु खनालको प्रमुख आतिथ्यमा एंव सांसद अनिता देवकोटाको विशिष्ट आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । वडा नम्बर १६ को बाहुनडाँडामा पनि चुनावी सभा सम्पन्न भएको वडा सदस्य पदका उमेद्वार सपना बोहराले जानकारी दिनुभयो ।