इन्द्रेणी संवाददाता
दाङ । यही असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दाङमा असार ८ गतेदेखि चुनावको समयअधिभर मदिरा विक्री वितरणमा रोक लगाइएको छ ।

bearआज मंगलवार वसेको जिल्ला सुरक्षा संयन्त्रको बैठकले ८ गतेदेखि चुनाव अवधिभर यहाँका होटल, रेष्टिुरेन्ट, तथा अन्य सार्वजनिक स्थलमा मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेको अध्यक्षतामा वसेको बैठकले चुनाव अवधिरको सुरक्षा रणनीतिलाई मध्यनजर गर्दै मदिरा विक्री वितरणमा रोक लगाउने निर्णय गरिएको हो ।

सो पछि लगतै वसेको सर्वदलिय सर्वपक्षिय बैठकले चुनाव प्रचारप्रसारका क्रममा दलहरुबीच कुनै समस्या उत्पन्न भएमा त्यसको समाधानका लागि मुख्य निर्वाचन अधिकृत चुडामणि खड्कालाई जिम्मा दिने निर्णय गरेको छ ।