काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका सांसदलाई सदनमा तार्किक र सशक्त रुपमा प्रस्तुत हुन निर्देशन दिएको छन् ।
व्यवस्थापिका–संसद्मा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा काँग्रेस संसदीय दलमा साेमबार भएको छलफलमा पार्टी सभापति देउवाले प्रजातन्त्रलाई बलियो बनाउन काँग्रेस नै अघि बढ्नुपर्नेमा जोड दिए ।
दलको कर्यालय सिंहदरबारमा भएको अनौपचारिक बैठकमा सदनमा प्रस्तुत भइरहेका विधेयकका सम्बन्धमा छलफल भएको सचेतक ईश्वरी न्यौपानेले जानकारी दिए।
बैठकमा सरकारले सदनमा प्रस्तुत गरिरहेका विधेयक र संसद् नियमावलीमा आगामी दिनमा कसरी प्रस्तुत हुने भन्ने सम्बन्धमा सदस्यहरुले धारणा राखेको थियो ।
रासस