दिपक बोहरा 

तुलसीपुर ३ असार । सल्यान कपुरकोटका १२ बर्षीय टेक बुढाथोकीलाई मंगलबार कुकुरले टोक्यो । बुढाथोकीका आफन्तले तत्काल रेबिज बिरुद्धको सुई लागाउन राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याए । तर राप्ती अञ्चल अस्पतालमा रेबिज बिरुद्धको सुई नभएको भन्दै त्यहाँका डाक्टरले निजि क्लिनिकमा पठाए । सर्बसुलभ र सस्तो शुल्क लाग्ने आशमा सल्यानबाट उपचारका लागि दाङ आएका उनीहरुले चर्को शुल्क तिरेर निजि अस्पतालमा उपचार गराउनु प¥यो ।

1-3

‘ दाङका कुनै पनि सरकारी अस्पतालमा रेबिज बिरुद्धको सुई सकिएको भन्दै निजि अस्पतालमा उपचार गर्न पठाए’ उनका मामा प्रकाश घर्तीले भने‘ सरकारी अस्पतालमा सस्तो र सर्बशुलभ हुन्छ भनी आयौं, तर डाक्टरले औषधी छैन् निजि अस्पताल जाउ भनेर फकाई दिनुभयो ।’ अहिले चर्को शुल्क तिरेर निजि अस्पतालमा उपचार गराई रहेको उनले बताए । निजि अस्पतालमा एउटा सुईको ६ सय ३० रुपैयाँ तिरेर उपचार गराईरहेको उनले बताए । रेबिजको बिरुद्धको सुई ५ डोज लगाउनु पर्ने चिकित्सकहरु बताउछन् । पाँच डोज निजि अस्पतालमा लगाउदा तीन हजार भन्दा बढि हुन्छ तर सरकारीमा प्रति जोड ५० रुपैयाका दरले २ सय ५० रुपैयामै उपचार गर्न सकिने राप्ती अञ्चल अस्पताल तुलसीपुरका नायब शुब्बा नबेन्द्र गिरीले बताए ।

रेबिज रोग बिरुद्ध दिईने एन्टी रेबिज भ्याक्सीन दाङका कुनै पनि सरकारी अस्पतालमा अभाब भएपछि बिरामीहरु मर्कामा पर्दै आएका छन् । सरकारी अस्पतालबाट सस्तो तथा सर्बशुलभ मुल्यमा पाईने भएपनि बिगत दुई÷तीन महिना देखी भ्याक्सिनको अभाव छ । जसले गर्दा बिरामीहरु महंगो रकम तिररे निजि अस्पताल जानुपर्ने बाध्यतामा छन् । हरेक पटक यो समस्या दोहरिए पनि समस्या समाधान तर्फ अस्पताल प्रशासनले चासो नदिएको सेवाग्रांहीहरुले गुनासो गरेका छन् । कुकुर, स्याल, बादर लगायतका केही जंगाली जनावरले टोक पछि रेबिजको सुई लगाउनु पर्ने स्वास्थ्यकर्मीहरु बताउछन् ।

भ्याक्सिनको मौज्दात सकिएकोले नआए सम्म सो सेवा दिन नसक्ने राप्ती अञ्चल अस्पतालका नायब शुब्बा नबेन्द्र गिरीले बताए । उनले भने‘ क्षेत्रीय कार्यालयमा बुझ्दा केन्द्रबाटै पठाएको छैन भन्छ, केन्द्रले बाहिरी देशबाट नपठाएकाले भ्याक्सिन पठाउन नसकिएको भनी प्रतिक्रिया दिन्छ ।’ भ्याक्नि कहिले आउछ भन्ने अझै निश्चित नभएको उनले बताए । क्षेत्रीय कार्यालयले औषधी आफसंग उपलब्ध भएसम्म प्रत्येक महिना, महिनामा पठाउने गरेपनि पछिल्लो समय रेबिज बिरुद्धको औषधी सकिएको भन्दै नपठाएको उनले प्रतिक्रिया दिए ।

भ्याक्सिनको अभाव भए अस्पतालमा आउने गरेका बिरामीहरुलाई डाक्टरहरुले निजि अस्पतालमा जान सुझाब दिने गरेको बिरामीहरु बताउछन् । निजि क्लिनिकमा भारतबाट सहजै किनेर ल्याउन सकिने भएकाले अभाब नभएको तर सरकारी अस्पतालमा प्रक्रिया पु¥याएर ल्याउनु पर्ने भएकाले प्रक्रिया पु¥याउदा ढिला भएको नासु गिरीले बताए । नासु गिरीका अनुसार अस्पतालमा प्रति डोज ५० रुपैया मात्र शुल्क तिरेर सो सेवा लिन पाइन्छ तर निजी अस्पतालमा प्रति डोजको करिब ७ सय सम्म लिने गरेको बताए ।