गोविन्द खड्का
‘म अफिसमा बसेको थिए“ । एउटी छात्रा केही तलु कपडा छ कि दाई ? भन्दै आत्तीएर आईन् । कार्यालय सहयोगीले उद्युम पत्ताल खोजे । दराजको माथि पट्टि एउटा व्यानर भेटाए । धुलै धुलो रहेछ । बेसरी फड्कारेर धुलो टक्टक्याए । बहिनीलाई दिए । पद्यमोदय पब्लीक नमुना माध्यामिक विद्यालय घोराही कि ति छात्राले च्यातिन पट्यादै वाथरुम तिर गईन् ।’ जिल्ला शिक्षा अधिकारी रमेश प्रसाद मैनालीले करीव तिन दर्जन प्रअ र शिक्षक सहभागि कार्यक्रममा गम्भिर मुद्रामा भने ।
ति बहिनीलाई धेरै सम्मान गर्छु । निर्धक्क संग आफ्नो समस्या राखिन् । शिक्षकहरुलाई पनि उत्तीकै सम्मान छ कम्तीमा बोल्न सक्ने बनाएका रहेछन् । यतिमै चिकत्त बुझेन जिल्लाका आत्मनिर्भर मध्य केहिमा पर्ने विद्यालयले बच्चाका लागि केहि हजार खर्च गर्न सक्दैन भन्न मिल्दैन । थोरै रकम छुट्याएर प्याड खरीद गर्न सक्छ । त्यसले धेरै नानीहरुले राहत पाउने छन् । यसरी मैनालीले महिला शिक्षकहरुले समस्या राख्न नसकेको वा व्यवस्थापनको ध्यान नपुगेको प्रश्न गरे ।
सहभागि सबै स्तब्ध देखिए । महिला शिक्षकहरुले मलिन अनुहार बनाएका थिए । पुरुष शिक्षकहरु पनि मनमनै चुक्चुकाए जस्तो चन्द्र अध्यारो पारेका थिए । सुन्दाको त्यो पिडा सजिलै पचाउन लाएक थिएन । विद्यालयको प्रअको हैसियतले सुनिरहदा अपराध बोध हुन्थ्यो । सायद घोराही क्षेत्रका १६ बढि विद्यालयले त्यहि अनुभुति गरे । विद्यालयमा प्याड व्वस्थागर्ने वाचा गरेर जेष्ठ ३० गत फर्किए । उनिहरुलाई आयोजक खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले कपडाको प्याड बनाउन सिकाईएका थियो । त्यसलाई व्यवहारमा उतारेर देखाउने बचन दिए ।
निकै व्यवहारीक कुरा गर्न रुचाउछन् जिल्ला शिक्षा अधिकारी मैनाली । उनले केहि दिन अघि पश्चिम दाङको नेता शिक्षकको विद्यालय अनुगमन गर्न गएको प्रसंग सुनाए । ति शिक्षक कार्यालयमा आउदा खातिर दारी पाउथे । अनि ठुलै कुराको धक्कु लाउथे । परिवर्तन र देश विदेशका गफ खुबै छा“ट्थे । गतिलै होला भन्ने मानसिकताका साथ मैनाली विद्यालयमा पुगे । त्यसपछि झसङ भए । उनकै शब्दमा ‘त्यो विद्यालयमा म भैसी पनि बा“ध्दैन । मलाई थाह छ भैसी कस्तो भकारोमा बस्छ । प्लाष्टिक, वोत्तल, लगाएत कचेरामा बस्दैन । त्यसैले बा“ध्दैन ।’ यहि कुरा त्यस विद्यालयका अगुवा भनाउदा शिक्षक र विव्यसलाई भने रे । उनिहरुको जवाफ थियो । यसमा ध्यान पुगेन छ । अबका दिनमा पुरै सुधार हुन्छ । अर्को पटक यस्तो देख्न पाउनुहुन्न ।
ति ठुला बडाको विद्यालय निरीक्षण पछि चालकले समेत हैट यस्तो विद्यालय रहेछ, भनेर घृणा गरेछन् । ति उत्कृष्ठ श्रेणिको बताउने शिक्षक अबका दिनमा जिल्ला शिक्षा कार्यालयमा कस्तो गफ लगाउन आउने हुन् ? हेर्न बाकि छ । त्यस विद्यालयमा सुधार कुन प्रकृयाले गर्छन् चुनकौति छ । विद्यालयका नाम किटान गर्दैन । बदनाम गरे भन्लान भनेर मैनालीले ईज्जत जोगाईदिए ।
केहि दिन अघि वास फोरमले जिल्ला शिक्षा कार्यालयमा अनुगमन गरेको थियो । गेटभित्र पसे देखि निश्कदा सम्म एउटा टुक्रा फोहर देख्न पाईएन । जतातिर हेरेपनि फोहर भेटिदैन्थ्यो । त्यस्तै शौचालय पनि गन्ध विहिन थियो । भित्र पसेपनि अह कहि कतै गन्ध थिएन । अघिल्ला बर्षमा गल्ली सम्म गन्ध आउथ्यो । शौचालयको प्यान रातै हुन्थ्यो । पुकार शुद्धप्लसका पोका भेटिन्थे । यसरी परिवर्तन भएको अनुमान गरीएको थिएन । त्यहि फोहर हेर्न गएको टोलि आश्चर्य चकित भयो । ‘यति राम्रो बनेको रहेछ’ सहभागि गजेन्द्र बहकरीले भन्दै थिए, ‘आज म चकित परे ।’
सर्बसाधारण नागरीक भन्दा कत्ती फरक लाग्दैनन् मैनाली । उनले पद प्रतिष्ठा बोकेर हिडेका छैनन् भन्ने हिडार्ई बाटै खुल्छ । बोलि निकै सन्तुलित एवं भद्र छ । उनले समानता चाहान्छन् । शिक्षकहरुलाई उनको निर्देशन छ मलाई तपाईको विद्यालयमा जुनसुकै शौचालय पस्न दिनुस् । त्यता होईन होईन सर भनेर किन रोक्नु हुन्छ ? ति विद्यार्थी मान्छे होईनन् ? उनले सुघन मिल्ने हामिले जानै नहुने फोहर कहि हुन्छ ? छात्रकोमा पुरुष शिक्षक जानुस् । छात्राकोमा महिला शिक्षक पस्नुस् । अनि जिल्ला शिक्षा अधिकारी पस्दा पनि अनौठो नमान्नुस् । यो विचार निकै कदर गर्न लाएक छ । ठुला बडाहरु वाट देशले अपेक्षा गरेको पनि यस्तै हो ।
यो गफ मात्रै होईन । सफा जिल्ला शिक्षा कार्यालयले व्यवहार देखाएको छ । शुरुका दिनमा फोहर टिप्दा कर्मचारीहरु यो के गर्नुभा सर भनेर खुबै तर्सिएका थिए रे । रोकन खोजेका थिए । तर मैनालीले मर्निङवाक सकेर क्वार्टरमा चिया प्युने । अखवार सुन्ने । त्यसपछि कार्यालय क्षेत्र भित्रको फोहर टिप्न थाले । अरु कर्मचारी पनि त्यसरी टिप्न बाद्य भए । यसरी केहि दिन टिप्दा सवै फोहर सकियो । शुरुका दिनमा तिन चारदिन पछि कार्यालय आउदा फोहर भैसक्थ्यो । अहिले सबैका बानी बसेकाले दश दिन विराएर अफिस पस्दा पनि सफा हुन्छ । आफ्नो भागमा फोहर दुई प्रतिशत पनि नपर्ने गरेको मैनालीले सुनाए । शुरुका दिनमा सर यो के गरेको भन्नेले आज त सरले दुईटा मात्रै फेला पार्नुभएछ, एउटा त भेटाउनुभएछ भनेर गन्न थालेका छन् । त्यही अबस्थाले जिल्ला शिक्षा कार्यालय सफ ाबनेको छ । विद्यालयका प्रधानाध्यापकले यहि शैलिमा काम गरेपछि विद्यालय फोहर किन हुन्छ ? मैनालीको प्रश्न छ ।
कुनै पदमा रहेको व्यक्तीले म नागरीक हु भन्ने भुल्नु हुदैन । त्यसपछि नागरीक कर्तव्य पुरा गर्नपर्छ । जिल्ला शिक्षा कार्यालयले दिएका विद्यालयका ब्लकहरु कमजोर छन् । तिनले निर्माणका क्रममा प्रशस्त पानी पाएनन् । जिल्ला शिक्षा कार्यालय भित्रको फरक क्षमताका व्यक्तिका लागि बनेको शौचालय नया“ हो । त्यो निकै मजवुत छ । त्यसमा जिशिअ आफैले पटक पटक पानी हालेका थिए । ओभर सेयरले होईन सर म ठेकेदारलाई भन्छु यो के गर्नुभएको ? भनेर रोक्न खोज्थे । मैनाली भन्छन् यदि त्यहि भनाई मानेको भए कमजोर हुन्थ्यो । विद्यालयका निर्माणाधिन भवनमा प्रअले त्यहि काम नगर्दा कमजोर भएका छन् । उनिहरु मध्य धेरैले नागरीक हैसियत भुलेका हुन् ।
जहा छौ त्यहि बाट परिवर्तन शुरुवात गर्नुपर्छ । ठुला ठुला अपेक्षा गरेर सोच्दैमा थाक्ने गलत चलन छ । अगाडि बढेकालाई हेर्नुपर्छ । पछि फर्किने र पछि परेका, विगारेकातिर लागेर हुदैन । अथवा सबै मलाई चाहिन्छ भन्ने व्यक्तिवादि सोच पनि खराव हो । मेरो पहुच छ । मैले ल्याउन सक्छु भन्नेले विद्यालयमा शौचालयका जंगल बनाएका छन् । तर तिनका शौचालय नाक नथुनेर पिसाव निखार्न नसकिने अबस्थाका हुन्छन् । एकदिन टुक्रो खस्छ । अर्कोदिन थपिन्छ । अलि अर्कोदिन काठ आउछ । त्यसपछि कसैले ढुंगा फाल्छ अनि हटाउनै नसकिने गरी फोहर थुप्रिन्छ । त्यसलाई नियमित र निरन्तर उठाउने व्यवस्था विद्यालयहरुमा छैन । गेटमै प्लाष्टिकका वोतल, प्लाष्टिक, अन्य उडाईल्याएका बस्तुहरु, अनावश्यक जंगल घास पात खेरीएको हुन्छ ।
यहि शैली विद्यालयमा लागु गर्न सकिन्छ । जुन विद्यार्थीले खुरु खुरु फोहर टिप्छ र गल्ने नगल्ने छुट्याउछ त्यसको रेकर्ड राख्ने । उसलाई विशेष अबसरमा पुरस्कार दिने । मैले गल्न नगलने फोहर टिपेर सम्मान पाए भन्ने अनुभुति गराउने र अरुलाई पनि प्रेरीत गर्न सकिन्छ । कुन काम कसले होईन जसलाई फुर्सदछ उसले गर्नुपर्छ । आपफुलाई २१ औ शताव्दीको योग्य मान्छे भन्ने घर बाहिर फोहर थुपार्ने हुन सकदैन । घर अगाडि फोहरको थुप्रो राख्ने संसारमा सबै भन्दा लाज नभएको व्यक्ति हुन् । सरकारी कार्यालय विद्यालय फोहर छन् भनेको सुन्दा निकै दुःख लाग्छ । अलिकति पनि श्रम नमान्नेहरुलाई सिकाउने विद्यालय र शिक्षक हो । उनिहरु समेत फोहर भएपछि समाज कसरी सुन्दर बन्छ निकै चिन्ता र सोचनिय कुरा हो ।
अझै जंगलमा दिसा गर्ने विद्यार्थी छन् । कुनै शुल्क लगाएर पनि सामान्य लगानी गरेर दिन सकिने प्याडको योजना बनाउन सकेका छैनन् । यो सबै विद्यालयका नेतृत्वको गम्भिर कमजोरी हो । देउखुरी क्षेत्रका धेरै विद्यालयमा महिनावारी हुदका प्याको सुविधा देखिन्न । जिल्ला सरसफाइ फोकल पर्सन तिलक न्यौपानेका अनुसार धेरै विद्यालयमा इन्सीनेटर छ तर कामै छैन । शौचालय छ प्रयोग हुन्न । फोहर संकलन हुन्छ त्यसलाई जलाईदैन । अल्छी, सिर्जनशीलता नभएका, ठालुपन देखाउने शिक्षक रहेका विद्यालय फोहर छन् । उनिहरुका लागि तगडा जिल्ला शिक्षा अधिकारी चाहिन्छ । यसैको जवाफ मैनालीले दिएका छन् । प्याड नपाएर कोहि पनि छात्रा घर नफर्किउन् ।
आफ्नी छोरीलाई परेको आपदका रुपमा सबै छात्रालाई बुझ्नु पर्छ । बहाना बाजी गरेर उनिहरुलाई सताउनु हुन्न । जिल्लाका सबै विद्यालयले प्याड अनिवार्य राख्नु पर्छ । खानेपानीको सुविधा दिनुपर्छ । खापासडिका प्रमु चोकप्रसाद धितालले पानी र शौचालय नपुगेका विद्यालयको विवरण माग गरेको बताएका छन् । त्यसो त आवश्यकता अनुसार माग गरी विद्यार्थीलाई सफा खेलमैदान र शौचालय, सुद्ध पानी, छात्राको रेष्टरुम बनाउनै पर्छ । यहि कुरालाई मुख्य बनाएर कार्यान्वय गरे जिशिअ मैनाली र दाङका विद्यालयको मेल खाने छ ।
