तुलसीपुर जेठ ३१ । मासु वजारको व्यवस्थापनका लागि विशेष योजना वनाएर काम गरिने तुलसीपुर उप महानगरपालिकामा एमालेका मेयरका उम्मेदवार घनश्याम पाण्डेले प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

market 2तुलसीपुर उप महानगरपालिका वडा नम्वर ५ को चुनावी भेलाका क्रममा मासु वजारमा भएको चुनावी भेलालाई सम्बोधन गर्दै पाण्डेले मासु वजारलार्ई सफा र स्वच्छ राख्नका लागि उपयुक्त ठाउँको खोजि गरेर व्यवस्थापन गर्ने समेत वनाएका थिए ।

मासु व्यवसायि टोल विकास संस्थाका अध्यक्ष अर्जुन वहादुर खड्काको प्रमुख आतिथ्यता एवम् एमालेका जिल्ला सचिव हिराचन्द्र केसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा व्यवसायि भिम वहादुर डाँगीले मासु व्यवसायीका समस्याका वारेमा वताएका थिए ।

कार्यक्रममा मेयरका उम्मेदवार घनश्याम पाण्डे, उप मेयरका उम्मेदवार माया आचार्य ,वडा नम्वर ५ का उम्मेदवार मिनराज वलिले व्यवसायीका मागलाई पुरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रमको सहजिकरण पदम पोख्रेल जेठुकान्छुले गरेका थिए ।